काठमाडौंमा बर्डफ्लु– आसपासका क्षेत्रमा ‘उच्च सतर्कता’ « Khabarhub

काठमाडौंमा बर्डफ्लु– आसपासका क्षेत्रमा ‘उच्च सतर्कता’


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– काठमाडौंका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखा परेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा जयप्रकाशराय यादवले बताए ।  उनका अनुसार तारकेश्वर वडा नं ७ फुटुङको प्रभावित स्थानका तीन किमी क्षेत्रभित्र रहेका प्रत्येक फार्मको कुखुराको लक्षण जाँच गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी चल्ला, अण्डा, दानालगायत वस्तुमा केही दिन रोक लगाइने छ ।

त्यस्तै, स्थानीय स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकालाई दुई समूहमा परिचालन गरी स्थानीयवासीलाई जनचेतनामूलक कार्यक्रम गरी उनीहरुमा चेतना अभिवृद्धि गर्ने कार्य सञ्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुुख अरुणकुमार गिरीले बताए ।

बर्डफ्लुबाट तारकेश्वर –७ का श्यामसन्दुर बस्नेतको सागर पोल्ट्री फार्मका २८ हजार र श्यामकुमार बस्नेतको आकाश पोल्ट्री फार्मको ८ हजार कुखुरा नष्ट गरिएको थियो । आसपासका अन्य फार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेपछि परीक्षणका लागि पशु स्वास्थ्य कार्यालय पठाइएको छ । कृषकलाई जैविक सुरक्षामा ध्यान दिन पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  २ : ०२ बजे

५४ वर्षसम्म पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष

मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ।

धान रोपाइँमा सुस्तता, असार २२ सम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

काठमाडौं– नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफावार छलफलका

अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा फिफाको आलोचना

लुसान- अमेरिकी फुटबल स्टार फोलारिन बालोगुनलाई रातो कार्डपछि स्वतः लाग्ने एक