विप्लव नेकपालाई समुन्नतिको बाटोमा आउन कांग्रेसको आग्रह « Khabarhub

विप्लव नेकपालाई समुन्नतिको बाटोमा आउन कांग्रेसको आग्रह


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको मंगलबार बसेको बैठकले चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छोडेर समुन्नतिको बाटोमा आउन आह्वान गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले संवाद र सहमतिकै बाटोबाट चन्द नेतृत्वको नेकपालाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई शासकीय क्षमता प्रर्दशन गर्न पनि आग्रह गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले पार्टीको केन्द्रीय निर्वाचन समिति पनि बनाएको छ । पार्टीका राष्ट्रिय सभाका सांसद एवम् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिका सदस्यहरुमा खम्बबहादुर खाती, एकराज पोखरेल, गोपालकृष्ण घिमिरे र सिताराम केसी रहेका छन् ।

त्यसैगरी, पार्टी महासमिति बैठकले तयार पारेको विधानलाई पारित गर्न नेता रमेश लेखक नेतृत्वको नियमावली निर्माण समिति पनि गठन गरिएको छ । समितिमा ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, प्रदिप पौडेल र जीवन परियार सदस्य रहेका छन् ।  त्यस्तै, काँग्रेसले नेता भिष्मराज आङदम्बे संयोजक रहेका केन्द्रीय अनुशासन समितिमा पनि उमाकान्त चौधरी र धनराज गुरुङ थप गरी पूर्णता दिएको छ ।

सोमबार बसेको काँग्रेस केन्द्रिय कार्य समिति बैठकले आङदम्बे संयोजक तथा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौंर सदस्य रहेको केन्द्रिय अनुशासन समिति गठन गरेको थियो । त्यसमा चौधरी र गुरुङलाई थप गरी सो समितिलाई पूर्णता दिइएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ८ : २० बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट