यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घको आग्रह « Khabarhub

यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घको आग्रह


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ ।

महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो ।

महासङ्घले आइतबार आज एक सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १(क) अनुसार कम्पनी दर्ता गर्न महासङ्घमा आवद्ध यातायात व्यवसायीलाई शेयर सदस्य बनाई यातायात व्यवस्था कार्यालयमा पेश गरी सिफारिश लिई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्नुपर्ने बताएको छ ।

महासङ्घका महासचिव सरोज सिटौलाले सरकार र महासङ्घबीच भएको सहमतिअनुसार सबै यातायात समितिलाई कम्पनीमा दर्ता हुनुपर्ने बताए । “पाँच दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासङ्घले लिँदैन”, उनले भने ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १० : ४९ बजे

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका

घरमा बचेका सामान झिक्दै बाढीपीडित

काठमाडौं– क्षणभरमै भग्नावशेष बनेका घरमा बचेका सामान बाढीपीडित झिक्न थालेका छन्