प्रधानमन्त्री ओलीले गुठी विधेयक फिर्ता भएको मिडयाबाट थाहा पाए ! « Khabarhub

प्रधानमन्त्री ओलीले गुठी विधेयक फिर्ता भएको मिडयाबाट थाहा पाए !


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज असार ४ गते बुधबार । आज प्रकाशित नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा निगमको घाटा यो वर्ष सवा चार अर्ब शीर्षकको समाचार प्रकाशन गरेको छ । त्यस्तै उसले गुठी विधेयक फिर्ता शीर्षकको अर्को समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको समाचारमा जनाइए अनुसार मन्त्रीले विधेयक फिर्ता लिएको मिडियाबाट प्रधानमन्त्रीले थाहा पाएका थिए ।

समाचारमा अगाडि भनिएको छ–गुठियारहरूको विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार अपराह्न पत्रकार सम्मेलनमार्फत गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्।

उनले विधेयक फिर्ताको घोषणा गरिएको दुईबुँदे विज्ञप्ति पढेर सुनाएकी थिइन्। जनस्तरमा विभिन्न भ्रम छर्ने, उत्तेजित पार्ने र वातावरण बिथोल्ने कोसिस भएको भन्दै सम्बन्धित सरोकारवाला निकायसँग थप छलफल र परामर्श गर्न आवश्यक रहेकाले विधेयक फिर्ता लिएको उनले बताइन्। दोहोरो संवाद नगरेकी मन्त्री अर्यालले पत्रकार सम्मेलन पाँच मिनेटमै सकाएकी थिइन्।

युरोप भ्रमण गरेर आइतबार फर्किएका प्रधानमन्त्री केपी ओली मन्त्री अर्यालसँगै पार्टीका नेता र सांसदसँगको परामर्शपछि विधेयक फिर्ता गर्ने निर्णयमा पुगेका थिए।

प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरेर भने–मन्त्रीले विधेयक फिर्ता लिएको मिडियाबाट थाहा पाएँ

गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले मंगलबार संसद्मै बोल्न चाहेका थिए। तर, कांग्रेसको विरोधपछि बोल्न नपाएका उनले साँझ पत्रकार सम्मेलन गरेर धारणा राखेका छन्।

मन्त्री अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेको एक घन्टापछि सिंहदरबारस्थित सरकारी कार्यालयमा पत्रकार सम्मेलन गरेका प्रधानमन्त्रीले भने, ‘भर्खरै माननीय भूमि व्यवस्थामन्त्रीले सरोकारवालासँग परामर्श गर्नुपर्ने, छलफल गर्नुपर्ने, विज्ञहरूका पनि राय लिनुपर्ने देखिएको र भ्रमपूर्ण वातावरण सिर्जना गरेर त्यसभित्र नेपाली जनताले लडेर ल्याएको लोकतन्त्र विरोधीशक्ति घुसेर लोकतन्त्रका जरा काट्ने कैंचीहरू चलमलाउन थालेको देखेपछि विधेयक फिर्ता लिनुभयो भन्ने मैले सञ्चारमाध्यमबाट थाहा पाएँ।’

विदेश हुँदा गुठीका नाममा तनाव बढाउने प्रयास भएछ
आफू युरोप भ्रमणमा हुँदा देशभित्र अनावश्यक तनाव बढाउने कार्य भएको भन्दै ओलीले आक्रोश पोखे। गुठी संस्थानले राम्ररी काम गर्न सकेनन् भन्ने गुठियारहरूकै आवाज उठ्न थालेपछि विधेयक पेस गरिएको उनको दाबी छ। गुठीलाई गुठीले नै सञ्चालन गर्ने व्यवस्थामा कुनै फेरबदल नभएको स्पष्ट पारे।

‘त्यो प्राधिकरणले गुठी सञ्चालन गर्ने होइन। गुठी सञ्चालन गर्ने त्यस्तो व्यवस्था कतै छैन। गुठी सञ्चालन गर्ने भनेको होइन, प्राधिकरणबारे बहुतै भ्रमपूर्ण कुरा गरियो,’ उनले भने, ‘कस्ता मान्छेहरू छन् आन्दोलनमा, त्यो भन्न चाहन्नँ। कति गुठीको माया गर्ने, संस्कृति र परम्पराको माया गर्ने मान्छेहरू छन् ?’

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ६ : ३० बजे

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश