विलासी वस्तु आयातमा कडाई गर्दै सरकार, यी हुन् विलासिताका वस्तु « Khabarhub

विलासी वस्तु आयातमा कडाई गर्दै सरकार, यी हुन् विलासिताका वस्तु


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले संसदको हंगामालाई मुख्य पृष्ठमा फोटो क्याप्सनका रुपमा छापेको छ । क्याप्सनमा लेखिएको छ– प्रतिनिधिसभाको मंगलबारको बैठकमा सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्न रोस्टमममा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र नाराबाजीका साथ अवरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद । कांग्रेसको अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।

त्यसैगरी पत्रिकाले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अलपत्र शीर्षकमा मुख्य समाचार छापेको छ । उपभोक्तासँग उठाइएको ३२ अर्ब २२ करोड उपयोगविहीन भएको समाचारमा जनाइएको छ । बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भनेर सरकारले हरेक उपभोक्तासँग पेट्रोल, डिजेल र हवाई इन्धनबाट प्रतिलिटर पाँच रुपैयाँका दरले उठाएको अतिरिक्त करवापतको करिब साढे ३२ अर्ब रुपैयाँ उपयोगविही भएको जनाएको छ ।

त्यस्तै पत्रिकाले विलासी वस्तु आयातमा कडाई गर्दै सरकार शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । अब सवारीसाधन खरिद गर्न बैंकबाट सजलै ऋण नपाईने जनाएको छ ।

महँगा मोबाइल, स्मार्ट टिभी, इन्धनबाट चल्ने सावरी साधन र पाटपुर्जा, स्मार्ट फोन, कृषिजन्य वस्तुहरु, माछामासु, दूध, चिया, ताजा तरकारी, काठबाट बनेका तयारी सामान, महँगा पलङ, दराज, सोफासेट, महँगा सुनचाँदीका गहना, पत्थर र हीरा, बच्चका खेलौना, पानी, जुस र विभिन्न पेयपदार्थ लगायत विलासी वस्तु आयातमा सरकारले कडाई गर्ने समाचारमा जनाइएको छ । व्यापार घाटा न्यूनीकरणका लागि सरकारले व्यापार घाटासम्बन्धी कार्यायोजना पनि कार्यान्वयनम ल्याएको छ ।

त्यस्तै पत्रिकाले १ हजार ५ सय मेगावाटका विद्युत आयोजना अलपत्र शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । विद्युत उत्पादन गर्ने भन्दै अनुमति लिएर काम नगर्ने प्रवृत्ति बढेको समाचारमा जनाइएको छ । अन्ततः गुठी विधेयक फिर्ता शीर्षकमा व्यापक जनदबाबपछि सरकारले विवादित गुठी विधेयक फिर्ता लिएको जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ६ : ५३ बजे

हर्मोन असन्तुलनको असर : ८–९ वर्षमै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार