भ्रष्टाचारको आरोप लागेका रामबहादुरले वकिलको कार्यालयबाटै हामफाले | Khabarhub Khabarhub

भ्रष्टाचारको आरोप लागेका रामबहादुरले वकिलको कार्यालयबाटै हामफाले


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर खेपिरहेका परीक्षा नियन्त्रण कार्यालयका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले आत्महत्या गरेका छन । उनले त्रिपुरेश्वरस्थित राधा भवनको ६ तलाबाट हामफालेर आत्महत्या गरेका हुन ।

त्रिपुरेश्वरस्थित राधा भवनबाट परिसरमा बिहीबार दिउँसो उनी मृत भेटिएको प्रहरीले जनाएको छ । भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । पाण्डेको मृत्युको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक-पटक हेरफेर गरेको आरोपमा उनीसहित पनिकाका १० अधिकारीविरुद्ध गत १८ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही बिषयमा उनी वकिलसँग कुराकानी गर्न गएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ८ : २० बजे

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले