बिकिनी अवतारले मात्र धान्ला त प्रियंकाको स्टारडम ? « Khabarhub

बिकिनी अवतारले मात्र धान्ला त प्रियंकाको स्टारडम ?


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय नायिका प्रियंका कार्कीले अभिनय गरेका कुनै पनि फिल्मले बक्स अफिसमा व्यापार गर्न सकेका छैनन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘प्रेम दिवस’ नमज्जाले चिप्लियो । यो फिल्म उनका लागि किन पनि विशेष थियो भने, उनी अभिनेता आयुष्मान देशराज जोशीसँग फिल्ममा देखिएकी थिइन् ।

आयुष्मान र प्रियंकाले बिहे गर्ने चर्चा लामो समयदेखि चलिरहेको छ । तर, उनीहरुले बिहे गरेका छैनन् । फिल्ममा फ्लप हुँदै गएकी प्रियंका पछिल्लो समय त म्युजिक भिडियोमा पनि खासै जम्न सकेकी छैनिन् ।

उनका फिल्म भटाभट फ्लप भइरहेका बेला पछिल्लो समय प्रियंकाले सामाजिक सञ्जालमा प्रायः बिकिनी तस्वीर अपलोड गरेर दर्शकको ध्यान तान्न खोजेकी हुन्छिन् ।

प्रियंकाले प्रायः इन्स्टाग्राममा आफ्नो बिकिनी अवतार प्रस्तुत गरेकी हुन्छिन् । यसलाई कतिपय फ्यानले त बोल्ड रुप भन्दै तारिफ गरेका छन् । तर, धेरैले भने प्रियंकाको चर्चामा आउने दाउका रुपमा लिएका छन् ।

अभिनय कहिल्यै नसुधार्ने तर सधै चर्चामा आउन चाहने प्रियंकाको अबको करिअर कता जाला, त्यो भने हेर्न बाँकी छ । पक्कै पनि बिकिनी तस्वीरले मात्र नायिकाको क्रेज धानेर राख्ने त होइन होला । अहिले भने फ्यानले सोध्न थालेका छन्, बिकिनीले मात्र धान्ला त क्रेज ?

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  २ : ५७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा