कर्मालाई लाग्यो आनाको माया किचकिचे (भिडियो) « Khabarhub

कर्मालाई लाग्यो आनाको माया किचकिचे (भिडियो)


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अंग्रेजीमा समेत सार्वजनिक गरिने फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को गीत सार्वजनिक भएको छ । उक्त गीतलाई युट्युबमार्फत सोमवार सार्वजनिक गरिएको हो ।

भिडियोमा कर्मा शाक्य र आना शर्माको केमेष्ट्रीलाई देखाइएको छ । लोक फ्लेभरमा तयार पारिएको यो गीतमा प्रेमका भावनालाई समेटिएको छ ।

गीतमा चन्दनध्वज केसीको आवाज छ भने राजन इशानले कम्पोज गरेका हुन् । यस्तै गीतमा संगीत, संयोजन र शब्द सुजेन्द्र डी कार्कीको छ र कोरियोग्राफी सविन शाक्यको रहेको छ ।

नकिम उदिन र पेमा ढोन्डुपले संयुक्त रुपमा लगानी गरेको यो फिल्मको निर्देशन पेमा दोण्डुपले नै गरेका हुन् ।

फिल्ममा आना र कर्माका अतिरिक्त गुल्सन ग्रोबर, हमित शैख, शिशिर वाङ्देल, आमिर गौतम, नीर शाह, विकास गुरुङ, कविता मानन्धर, मिथिला शर्मा, सुनिता ठाकुर, रेचल मोलेस लगायतका नेपाली तथा विदेशी कलाकारले अभिनय गरेका छन् ।

विदेशी कलाकारले समेत अभिनय गरेकाले फिल्मलाई प्रतीक्षित मानिएको छ ।

पेमा डी गक्इिलको कथा, संवाद तथा स्किृप्ट रहेको यो फिल्ममा जोश म्यानुएलको एक्सन छ । नेपाली डायलग अनुवाद सामीप्यराज तिमिल्सिनाले गरेको यो फिल्म चैत १ गतेबाट प्रदर्शन हुँदैछ ।

फिल्मको गीत:

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ११ : ३९ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर