पुँजी बजार खुला र प्रतिस्पर्धी बनाउन आग्रह | Khabarhub Khabarhub

पुँजी बजार खुला र प्रतिस्पर्धी बनाउन आग्रह


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको अर्थ समितिमा पूँजी बजारका सरोकारवालारले पुँजी बजारमा सुधारका कार्यक्रमको आवश्यकता रहेको औल्याएका छन् ।  समितिको बैठकमा पुँजीबजार विज्ञसहित सरोकारवालाहरुले पूँजी बजार खुला र प्रतिस्पर्धी बनाउन आग्रह गरेका छन् ।

समितिको बैठकमा पुँजीबजार विज्ञको रुपमा सहभागि हुनु भएका गोपाल भट्टले अहिले केहि महिना यता पूँजी बजारको दैनिक इन्डेक्समा देखिएको उतार चढाव सामान्य र स्वभाविक रहेको बताए । विज्ञ भट्टले सन् २००९ र २०१० प्रतिफल प्राप्ति शत प्रतिशतसम्म भएको र अहिले प्राप्तिमा २९ प्रतिशतसम्म मात्र कम भएको तर्क गर्दै बजारको स्वभाव नै तलमाथि हुने भएकोले अत्तिएर कुनै कदम नचाल्न आग्रह गरे ।
नेपाली पुँजी बजारलाई राजनीतिको सीधा प्रभाव पर्ने भएकोले नियमनकारी निकायमा बसेका जिम्मेवार ब्यक्तिले पुँजी बजारका बारेमा नकारात्मक प्रभाव पर्ने गरि नबोल्न आग्रह गरे ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत व्याजदर नियन्त्रणको प्रयास गरेको छ । साथै बैंकलाई ब्रोकरको लाइसेन्स दिने बाटो पनि खुला गरिसकेको छ । राष्ट्र बैकको बैंकलाई ब्रोकरको लाइसेन्स दिने ब्यबस्थालाई भने ब्रोकर एसोसियसनले बिरोध गरेको छ भने नेपाल इन्भेष्टमेन्ट फोरमले स्वागत गरेको छ ।

शेयर बजारका विषयमा मिडियाहरुले दिने समाचारले पनि बजार प्रभावित भएको तर्क इन्भेष्टमेन्ट फोरमको रहेको छ । समितिको छलफलमा नेपाल स्टक एक्सेन्जका महाप्रवन्ध चन्द्र सिंह साउद पनि अनलाईन प्रणाली कार्यन्वयनमा आए सँगै बजारमा सकारात्मक प्रभाव परेको बताए ।
प्रतिनिधि सभाको अर्थ समितिले पछिल्लो समय पुँजी बजारमा आएको समस्या बारे सरोकारवालाहरु सँग निरन्तर छलफल गरिरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : ४७ बजे

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको