रुखले किच्दा भारतमा दुई नेपालीको ज्यान गयो, ५ जना घाइते « Khabarhub

रुखले किच्दा भारतमा दुई नेपालीको ज्यान गयो, ५ जना घाइते


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली — भारतको हिमाचल राज्यमा रुखले किच्दा दुई जना नेपालीको मृत्यु भएको छ ।

हिमाचलको नारकन्दा जिल्लामा विगत दुई दिनदेखि भएको वर्षाले रुख ढलेर घाइते सात जना नेपालीमध्ये २ को मृत्यु भएको हो । उनीहरू सबैजना मजदुरी गर्दै आएका थिए ।

मृत्यु हुनेमा बाँके विनाउना चिलहरियाका सन्तबहादुर पुन मगर र अर्जुन बुढा मगर रहेका छन् । घाइतेहरुमा भीमबहादुर, कृष्ण, रणवीर, रमन, समीर छन्। घाइतेहरु सबै राप्तिसोनारी गाउँपालिका-४ का बासिन्दा हुन् ।

उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ। उनीहरू बस्दै आएको घरमाथि आइतबार बिहान रुख ढलेको थियो। घाइतेहरुलाई तत्कालै सीमलाको इन्दिरा गान्धी मेडिकल कलेज लगिएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : २८ बजे

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले