तीन दिनको मौसम पूर्वानुमान– केही स्थानमा भारी वर्षाको सम्भावना « Khabarhub

तीन दिनको मौसम पूर्वानुमान– केही स्थानमा भारी वर्षाको सम्भावना


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पश्चिम र मध्यका केही स्थानहरु र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखा औसत स्थानको आसपासमा रहेको छ । साथै भारतको उत्तर-प्रदेश तथा हरियाना आसपासमा न्युन चापिय प्रणाली अवस्थित छ र यो कमजोर बन्दै गईरहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र २ गते (सोमबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थानहरु र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पश्चिम तथा मध्य भूभागको एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति: देशका अधिकांस स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको मध्य र पश्चिमि भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३ गते (मंगलबार)

दिउँसो: देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति– देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ४ गते (बुधबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

देशको पश्चिम तथा मध्य भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे बाट बहने खोलाहरुमा आकस्मिक नदिको बहावमा बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले ति भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : २३ बजे

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले