नेपाली वायु सेवामाथिको प्रतिबन्ध आईकाओले हटाउनु पर्छ : प्रधानमन्त्री « Khabarhub

नेपाली वायु सेवामाथिको प्रतिबन्ध आईकाओले हटाउनु पर्छ : प्रधानमन्त्री


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार भएको जिकिर गर्दै युरोपको आकाशमा माथिको प्रतिबन्ध हटाउनु पर्ने बताउनु भएको छ ।

काठमाडौंमा सोमबारबाट सुरुभएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बिगतमा जस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको दावी गरे ।

प्रधानमन्त्री ओलीले ठ्याक्कै त्यहि शब्दमा प्रतिबन्ध हटाउन नभने पनि नेपालले पछिल्ला वर्षमा हवाई उड्डयनमा गरेको विकासले असुरक्षा हटेको बताएका हुन् । नेपालले हवाई सुरक्षाका बाँकी कामहरुमा क्रमशः सुधार गर्दै गएको बताए ।

नेपालले सुखी नेपाली र सम्बृद्ध नेपालको नाराअनुसार लक्ष्य हासिल गर्न पर्यटनलाई प्रमुख अंगको रुपमा लिएको स्पष्ट पर्दै प्रधानमन्त्री ओलीले विश्वमा प्रवेश गर्न कनेक्टिभिटीको ठूलो महत्व रहेको उल्लेख गरे ।

आफ्नो मन्तब्यको क्रममा प्रधानमन्त्री ओलीले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनीतिक अवस्था र सरकारले लिएको लक्ष्य स्पष्ट भएको हुँदा मुलुकमा लगानीको लागि अनुकुल समय रहेको बताए ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा साथ दिन सबैलाई आग्रह गरे ।

आजबाट शुरु भएको सम्मेलन पाँच दिनसम्म चल्ने छ । यो सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ४ : ३८ बजे

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले