निर्वाचन आयोगले बनायो तेस्रो पञ्चवर्षीय योजना, १५६ वटा क्रियाकलापहरुको पहिचान « Khabarhub

निर्वाचन आयोगले बनायो तेस्रो पञ्चवर्षीय योजना, १५६ वटा क्रियाकलापहरुको पहिचान


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तयार पारेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा सम्पन्न गर्दै आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७–२०८०/८१) तयार पारेको हो ।

आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनका लागि ५ वटा रणनीति अन्र्तगत ४० वटा कार्यनीति तय गरिएको छ । कार्यनीतिहरु कार्यान्वनयका लागि पाँचबर्षको कार्ययोजनासमेत तयार गरी १ सय ५६ वटा क्रियाकलापहरु पहिचान गरिएको छ ।

आयोग परिसरमा सोमबार सम्वाददाताहरुसँग कुरा गर्दे प्रवक्ता शंकर प्रसाद खरेलले ७ वटै प्रदेश र सम्बन्धित क्षेत्रका निकायसँग गरिएको परामर्शबाट प्राप्त सुझावहरु राखेर रणनीतिक योजनाको मस्यौदा तयार पारिएको जानकारी दिए ।

स्वच्छ, स्वतन्त्र, निश्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनमार्फत नागरिकलाई राजनीतिक अधिकारको निर्वाध उपभोग गर्ने अवसरको सुनिश्चितता प्रदान गर्ने लक्ष्य प्राप्तिका लागि रणनीतिक योजना तयार पारिएको प्रवक्ता खरेलले बताए ।

आयोगले पञ्चवर्षीय रणनीतिक योजनामा प्रविधियुक्त निर्वाचन व्यवस्थापन प्रणालीको विकास गर्ने, निर्वाचन सम्बन्धी नीतिगत तथा कानूनी सुधार गर्ने, संविधान र कानून बमोजिम राजनीतिक दल नियमन गर्ने र निर्वाचन एवम् नागरिक शिक्षामा साझेदारी र सहकार्य अभिवृद्धि गर्ने रणनीति तय गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ५ : १६ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति