भारतमा रोकिएन मुसलधारे वर्षा, बाढी र पहिरोको वितण्डा (तस्बीरसहित) « Khabarhub

भारतमा रोकिएन मुसलधारे वर्षा, बाढी र पहिरोको वितण्डा (तस्बीरसहित)


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– केही दिनयतादेखि सक्रिय मनसुनका कारण भारतभर मुसलधारे वर्षा जारी छ । भारतका आधाभन्दा धेरै भूभाग वर्षासँगैको बाढी र पहिरोका कारण प्रभावित भएका छन् ।

भारतका उत्तरी राज्यहरु उत्तराखण्ड, हिमाचल प्रदेश, राजस्थान, हरियाण, पञ्जाव, जम्मू कश्मीरमा बाढी र पहिरोका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।

उत्तरी भारतका ठाउँठाउँमा वर्षासँगै पहिरोका गएका कारण सञ्चार, यतातायत तथा विद्युत सेवा अवरुद्ध भएको छ । भारतीय सञ्चारमाध्यमले बाढीले सवारी साधन बगाएको तथा र पहिरोका कारण सडक अवरुद्ध भएको दृश्य सार्वजनिक गरेका छन् ।

बाढी र पहिरोका कारण दशौं लाख मानिसहरु प्रभावित भएको अधिकारीले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले उत्तरी भारतमा दर्जनौं मानिसहरुको ज्यान गएको बताएका छन् । वर्षा नरोकिँदा प्रभावितको उद्धारका लागि गएका उद्धारकर्ताहरु पनि बाटोमै रोकिएका छन् ।

वर्षाका कारण सयौं उडान अवरुद्ध भएका छन् भने रेलसेवा पनि नराम्ररी प्रभावित भएका छन् । रेल तथा हवाई सेवा अवरुद्ध हुँदा दशौं हजार यात्रीहरुले सास्ती खेप्नु परेको छ ।

अस्पतालहरुमा बाढीबाट घाइते भएका मानिसहरुको भीड लागेको बताइएको छ । भारतीय मौसम पूर्वानुमान विभागले सोमबार दिनभर वर्षा हुने भविष्यवाणी गरेको छ । त्यसबाहेक विभिन्न क्षेत्रमा बाढी र भूस्खलनले किसानको खेतीपाती नष्ट पारेको छ ।

उत्तर प्रदेशको बनारसमा गंगा नदीको सतह खतराको स्तरभन्दामाथि पुगेकाले त्यहाँको घाटसमेत डुबाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : १० बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि