इन्डोनेशियामा आक्रोशित भीडद्वारा संसद् भवनमा आगजनी « Khabarhub

इन्डोनेशियामा आक्रोशित भीडद्वारा संसद् भवनमा आगजनी


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इण्डोनेशियाको हिंसाग्रस्त पूर्वी क्षेत्रको वेष्ट पपुवा प्रान्तमा आक्रोशित प्रदर्शनकारीको भीडले प्रान्तीय संसद्मा नै आगो लगाइदिएका छन् ।

वेष्ट पपुवा प्रान्तको राजधानी मानोक्वारी शहरमा रहेको प्रान्तीय संसद्मा प्रदर्शनकारीले आगो लगाइदिएका हुन् । आगजनीबाट संसद् भवनमा ठूलो क्षति भएको छ । यद्यपि प्रहरीले आगो नियन्त्रणमा लिइएको तथा हिंसा रोक्ने प्रयास भइरहेको जनाएको छ ।

प्रदर्शनकारीले ठाउँठाउँमा आगजानी तथा प्रहरीविरुद्ध ढुङ्गामुढा प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्वतन्त्रता दिवसका दिन गत शनिबार राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा पूर्वी जाभा प्रान्तको सुराबाया शहरमा अध्ययनरत पपुवा मूलका ४३ जना विद्यार्थीलाई पक्राउ गरिएको र उनीहरुविरुद्ध रंगभेदी शब्द प्रयोग गरिएको भन्दै पपुवामा हिंसा शुरु भएको हो ।

पछि पूर्वी जाभा प्रान्तका गभर्नरले टेलिभिजन सम्बोधनमार्फत् सार्वजनिक रुपमा माफी मागेका थिए । पछि पक्राउ परेका सबै विद्यार्थीलाई रिहा गरिएको थियो । विद्यार्थीविरुद्ध रंगभेदी शब्द प्रयोग भएपनि आयोजित प्रदर्शनमा दशौ‌ं हजार प्रदर्शनकारीको संलग्नता रहेको बताइएको छ ।

सन् १९६१ मा नेदरल्याण्ड्सबाट स्वतन्त्रताको घोषणा गरेपनि सन् १९६९ मा इण्डोनेशियाले न्यू गिनी टापुका पश्चिमी भागमा पर्ने पपुवालाई आफ्नो मुलुकमा विलय गराएको थियो ।

अझै पनि पश्चिमी पपुवामा आत्मनिर्णय तथा पहिचानका लागि भन्दै पृथकतावादी आन्दोलन चलिरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : १९ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले