इन्डोनेशियामा आक्रोशित भीडद्वारा संसद् भवनमा आगजनी « Khabarhub

इन्डोनेशियामा आक्रोशित भीडद्वारा संसद् भवनमा आगजनी


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इण्डोनेशियाको हिंसाग्रस्त पूर्वी क्षेत्रको वेष्ट पपुवा प्रान्तमा आक्रोशित प्रदर्शनकारीको भीडले प्रान्तीय संसद्मा नै आगो लगाइदिएका छन् ।

वेष्ट पपुवा प्रान्तको राजधानी मानोक्वारी शहरमा रहेको प्रान्तीय संसद्मा प्रदर्शनकारीले आगो लगाइदिएका हुन् । आगजनीबाट संसद् भवनमा ठूलो क्षति भएको छ । यद्यपि प्रहरीले आगो नियन्त्रणमा लिइएको तथा हिंसा रोक्ने प्रयास भइरहेको जनाएको छ ।

प्रदर्शनकारीले ठाउँठाउँमा आगजानी तथा प्रहरीविरुद्ध ढुङ्गामुढा प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्वतन्त्रता दिवसका दिन गत शनिबार राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा पूर्वी जाभा प्रान्तको सुराबाया शहरमा अध्ययनरत पपुवा मूलका ४३ जना विद्यार्थीलाई पक्राउ गरिएको र उनीहरुविरुद्ध रंगभेदी शब्द प्रयोग गरिएको भन्दै पपुवामा हिंसा शुरु भएको हो ।

पछि पूर्वी जाभा प्रान्तका गभर्नरले टेलिभिजन सम्बोधनमार्फत् सार्वजनिक रुपमा माफी मागेका थिए । पछि पक्राउ परेका सबै विद्यार्थीलाई रिहा गरिएको थियो । विद्यार्थीविरुद्ध रंगभेदी शब्द प्रयोग भएपनि आयोजित प्रदर्शनमा दशौ‌ं हजार प्रदर्शनकारीको संलग्नता रहेको बताइएको छ ।

सन् १९६१ मा नेदरल्याण्ड्सबाट स्वतन्त्रताको घोषणा गरेपनि सन् १९६९ मा इण्डोनेशियाले न्यू गिनी टापुका पश्चिमी भागमा पर्ने पपुवालाई आफ्नो मुलुकमा विलय गराएको थियो ।

अझै पनि पश्चिमी पपुवामा आत्मनिर्णय तथा पहिचानका लागि भन्दै पृथकतावादी आन्दोलन चलिरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : १९ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा