सिरियाली सेनाद्वारा टर्किस सेना लक्षित हवाई आक्रमण « Khabarhub

सिरियाली सेनाद्वारा टर्किस सेना लक्षित हवाई आक्रमण


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस– सिरियाली वायुसेनाले टर्कीको सैनिक लस्करलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । सिरियाको इडलिब प्रान्तमा सरकारी फौजविरुद्ध लडिरहेका सिरियाली विद्रोहीलाई सहयोग गर्नका लागि इडलिबमा रहेका टर्किस सेनाको लस्करलाई लक्षित गरी सिरियाली वायुसेनाले हवाई आक्रमण गरेको हो ।

सिरियाली सेनाको कारवाही पछि टर्की र सिरियाबीच प्रत्यक्ष द्वन्द्व चर्किने खतरा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणका क्रममा तीन सर्वसाधारणको ज्यान गएको टर्कीको रक्षामन्त्रालयले जनाएको छ । सिरियाली हवाई आक्रमणमा अरु १२ जना घाइते भएका छन् । हाल सिरियाली सेनाले इडलिब प्रान्तमा विद्रोही समूहलाई लक्षित गरी व्यापक सैनिक आक्रमण गर्दै आएको छ ।

सिरिया सरकारले भने विद्रोहीलाई सहयोग गर्नका लागि अघि बढेको टर्किस सेनाको लस्करको चर्को विरोध गरेको छ । यता टर्कीले भने सिरियाली सेनाको कारवाहीबाट त्यस क्षेत्रलाई सुरक्षित क्षेत्र बनाइने यसअघिको सम्झौता उल्लङ्घन भएको जनाएको छ । गत सेप्टेम्बर महिनामा विद्रोहीको प्रमुख साझेदार मुलुक टर्की तथा सिरिया सरकारको साझेदार मुलुक रुसबीच भएको सम्झौताले इडलिब प्रान्तमा सरकारी सेनाले आक्रमण गर्न बन्देज लगाएको थियो ।

पछिल्लो समय सिरियाली सेनाको कारवाही इडलिब प्रान्तको खान शेइखुन शहरतर्फ लक्षित छ । गोलाबारुद तथा हतियार बोकेको टर्कीस सैनिक लस्कर पनि सोही शहरतर्फ अघि बढिरहेको बताइएको छ । खान शेइखुन शहरमा सन् २०१७ मा कुख्यात रासायनिक आक्रमण गराइएको थियो ।

सिरियाको इडलिब प्रान्त सिरियाली विद्रोहीको एकमात्र किल्लाका रुपमा रहेको छ । टर्की सिरियाली विद्रोहीको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक हो ।

यता सिरियाली गृहयुद्धको अनुगमन गरिरहेको संस्थाले भने आक्रमणमा रुसी वायुसेनाको संलग्नता रहेको जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : २९ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा