सिरियाली सेनाद्वारा टर्किस सेना लक्षित हवाई आक्रमण « Khabarhub

सिरियाली सेनाद्वारा टर्किस सेना लक्षित हवाई आक्रमण


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस– सिरियाली वायुसेनाले टर्कीको सैनिक लस्करलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । सिरियाको इडलिब प्रान्तमा सरकारी फौजविरुद्ध लडिरहेका सिरियाली विद्रोहीलाई सहयोग गर्नका लागि इडलिबमा रहेका टर्किस सेनाको लस्करलाई लक्षित गरी सिरियाली वायुसेनाले हवाई आक्रमण गरेको हो ।

सिरियाली सेनाको कारवाही पछि टर्की र सिरियाबीच प्रत्यक्ष द्वन्द्व चर्किने खतरा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणका क्रममा तीन सर्वसाधारणको ज्यान गएको टर्कीको रक्षामन्त्रालयले जनाएको छ । सिरियाली हवाई आक्रमणमा अरु १२ जना घाइते भएका छन् । हाल सिरियाली सेनाले इडलिब प्रान्तमा विद्रोही समूहलाई लक्षित गरी व्यापक सैनिक आक्रमण गर्दै आएको छ ।

सिरिया सरकारले भने विद्रोहीलाई सहयोग गर्नका लागि अघि बढेको टर्किस सेनाको लस्करको चर्को विरोध गरेको छ । यता टर्कीले भने सिरियाली सेनाको कारवाहीबाट त्यस क्षेत्रलाई सुरक्षित क्षेत्र बनाइने यसअघिको सम्झौता उल्लङ्घन भएको जनाएको छ । गत सेप्टेम्बर महिनामा विद्रोहीको प्रमुख साझेदार मुलुक टर्की तथा सिरिया सरकारको साझेदार मुलुक रुसबीच भएको सम्झौताले इडलिब प्रान्तमा सरकारी सेनाले आक्रमण गर्न बन्देज लगाएको थियो ।

पछिल्लो समय सिरियाली सेनाको कारवाही इडलिब प्रान्तको खान शेइखुन शहरतर्फ लक्षित छ । गोलाबारुद तथा हतियार बोकेको टर्कीस सैनिक लस्कर पनि सोही शहरतर्फ अघि बढिरहेको बताइएको छ । खान शेइखुन शहरमा सन् २०१७ मा कुख्यात रासायनिक आक्रमण गराइएको थियो ।

सिरियाको इडलिब प्रान्त सिरियाली विद्रोहीको एकमात्र किल्लाका रुपमा रहेको छ । टर्की सिरियाली विद्रोहीको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक हो ।

यता सिरियाली गृहयुद्धको अनुगमन गरिरहेको संस्थाले भने आक्रमणमा रुसी वायुसेनाको संलग्नता रहेको जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : २९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा