संसद्को चालू अधिवेशन आज अन्त्य हुँदै | Khabarhub Khabarhub

संसद्को चालू अधिवेशन आज अन्त्य हुँदै


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को चालू अधिवेशन आज (बिहीबार) अन्त्य हुँदैछ। चालू अधिवेशन वैशाख १६ गतेबाट शुरु भएको थियो।

अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महत्त्वपूर्ण विधेयक पारित भएका छन्। सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि औपचारिक रूपमा संसद्लाई पत्र प्राप्त भएको छैन तर संसद् सचिवालयले अधिवेशन अन्त्यको सम्पूर्ण तयारी भने गरेको छ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले अधिवेशन अन्त्यका लागि सबै तयारी पूरा गरिएको जानकारी दिए । योगीले राष्ट्रपति कार्यालयबाट औपचारिक पत्र भने प्राप्त नभएको बताए ।

सभामुख कृष्णबहादुर महराले भने अधिवेशन अन्त्यको तयारीबारे सदनमा संकेत गर्दै बुधबार र बिहीबार शून्य तथा विशेष समयको कार्यक्रम नहुनेबारे जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ७ : ३९ बजे

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ– बन्दिपुर गाउँपालिका-१ नाहालास्थित सडकमा बा.प्र ०६-००१ प ९२३३ नम्बरको मोटरसाइकललाई ग.२

सामाजिक सञ्जाल प्रतिबन्धकै बीच फिल्म ‘माइतीघर’को गीत सार्वजनिक गर्दै निर्माता रोहित

काठमाडौं – सरकारले फेसबुक र युट्युबलगायतका २६ सामाजिक सञ्जालमा प्रतिबन्ध

टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक !

काठमाडौं– नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजि इलेक्ट्रोनिक्सले प्रतिक्षित ‘ग्रेटनेस

दशैँमा घर जाने टिकट उधारोमा बुकिङ, सरकार र महासङ्घले खुलाउनै बाँकी

काठमाडौँ – नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँको घटस्थापना आउन (भदौ

२३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा नेपाललाई २ कांस्य

काठमाडौं– नेपालले २३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा २ कांस्य