प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) स‌ंसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकारले गरिरहेका काम तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा बोल्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले खबरहबलाई जानकारी दिए ।

अधिकारीले भने, ‘प्रधानमन्त्रीले संसदमा सम्बोधन नगरेको लामो समय भएको थियो । उहाँले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले सरकारले गरिरहेका काम कारबाही, समसामयिक घटनाक्रम र सांसदले राखेको जिज्ञसाको जवाफ दिनुहुनेछ ।’

संसदमा सम्बोधन गर्न प्रधानमन्त्री ओली दिउँसो साढै २ बजे संसद भवन पुग्नेछन् । स्वास्थ्य समस्याका कारण सार्वजनिक कार्यक्रममा कम सहभागी भएका प्रधानमन्त्री ओली बुधबारदेखि सक्रिय भएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ९ : ०६ बजे

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ– बन्दिपुर गाउँपालिका-१ नाहालास्थित सडकमा बा.प्र ०६-००१ प ९२३३ नम्बरको मोटरसाइकललाई ग.२

सामाजिक सञ्जाल प्रतिबन्धकै बीच फिल्म ‘माइतीघर’को गीत सार्वजनिक गर्दै निर्माता रोहित

काठमाडौं – सरकारले फेसबुक र युट्युबलगायतका २६ सामाजिक सञ्जालमा प्रतिबन्ध

टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक !

काठमाडौं– नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजि इलेक्ट्रोनिक्सले प्रतिक्षित ‘ग्रेटनेस

दशैँमा घर जाने टिकट उधारोमा बुकिङ, सरकार र महासङ्घले खुलाउनै बाँकी

काठमाडौँ – नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँको घटस्थापना आउन (भदौ

२३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा नेपाललाई २ कांस्य

काठमाडौं– नेपालले २३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा २ कांस्य