वर्षाले खजुराका सयौँ घर डुबानमा « Khabarhub

वर्षाले खजुराका सयौँ घर डुबानमा


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बुधबार दिनभरको अविरल वर्षाले बाँकेको खजुरा गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् ।

अविरल वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढेपछि खजुरा गाउँपालिका वडा नं ६ र ७ का सयौँ घर डुबानमा परेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार, बाढीले खजुरा क्षेत्रका मात्र १७२ घर डुबाएको अहिलेसम्म रिपोर्ट प्राप्त भएको छ । यो सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ ।

खजुरा गाउँपालिकाको वडा नं ६ र ७ मा पर्ने उढरापुर र सोनपुरका बासिन्दा डुबानबाट बढी मात्रामा प्रभावित भएका छन् । उक्त क्षेत्रका डुबानपीडित स्थानीयवासी सामुदायिक विद्यालयको भवनमा आश्रय लिएका छन् ।

आधारभूत विद्यालय सिन्दुरीमा १०० जति र जनसेवा माध्यमिक विद्यालयमा ८/१० विस्थापित परिवारले आश्रय लिएको नेपाल रेडक्रस सोसाइटी बाँकेका अधिकृत झबी शर्माले जानकारी दिए।

शर्माका अनुसार, वर्षा नरोकिएको हुँदा विस्थापित परिवार सुरक्षित स्थानतर्फ जान सकेका छैनन् । विस्थापित हुनेको सङ्ख्या अझै बढ्न सक्छ । वर्षाका कारण बुधबार दिनभर त्यस क्षेत्रको यातायातसमेत प्रभावित भयो ।

डुबानपीडितको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसकर्मी दिनभर खटिएका थिए ।

बाँकेका प्रहरी उपरीक्षक वलीले अविरल वर्षाले खजुरा क्षेत्रमा सबैभन्दा बढी डुबान गरेको हुँदा त्यस क्षेत्रमा उद्धार कार्यका लागि प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एकमाया विकले डुबानपीडितको उद्धार तथा राहतमा जनप्रतिनिधि र कर्मचारी खटिएको बताए । आजसम्ममा पीडितहरुको यकिन विवरण सङ्कलन हुने उनले जानकारी दिए ।

खजुरा गाउँपालिका वडा नं ३ मा पर्ने पेडारी नालामा बाढी आउँदा सवारी आवागमनमा समस्या भएको छ । पेडारी नालामा रहेको पुलभन्दा माथिबाट पानी बगेका कारण नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा सवारी आवागमनमा कठिनाइ भएको छ ।

बुधबारको वर्षाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको न्यूरोड, घरबारीटोल, गणेशपुर क्षेत्र डुबानमा छ । यसैगरी जानकी गाउँपालिकाको साइगाउँ, बेलभारलगायतका क्षेत्रसमेत डुबानमा परेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १० : ०५ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर