ससुराको खेतमा पानी लगाउन आएका भारतीय नागरिकको खोलामा बगेर मृत्यु « Khabarhub

ससुराको खेतमा पानी लगाउन आएका भारतीय नागरिकको खोलामा बगेर मृत्यु


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– नेपालस्थित ससुरालीको खेतमा पानी लगाउन आएका एक भारतीय नागरिकको खोलाले बगाएर ज्यान गएको छ ।

पर्साको कालिमाइ गाउँपालिका–१ मुर्ली बस्ने गंगा साहको खेतमा पानी लगाउन आएका उनका ज्वाइँ भारतीय राज्य बिहारको बेलबनिया घर भएका ३५ वर्षीय पिन्टु कुमार साहको खोलाले बगाएर मृत्यु भएको हो ।

ससुरा गंगाको खेतमा पानी लगाउन सिक्टा खोलामा राखिएको पम्पसेट निकाल्ने क्रममा पिन्टुलाई खोलाले बगाएको थियो ।

पिन्टुलाई खोलाले बगाएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पोखरिया (पर्सा)बाट खटिएको टोलीले उनलाई मृत फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतक पिन्टुको शव परीक्षणका लागि नारायणी अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ११ : २४ बजे

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर