नगरपालिकाको खर्च– चिया पिउँदा ३० लाख सकियो ! « Khabarhub

नगरपालिकाको खर्च– चिया पिउँदा ३० लाख सकियो !


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– केन्द्रिकृत राज्य प्रणालीलाई  विकेन्द्रीकरण गरिएपछि स्थानीयको घरदैलोमै राज्यको सेवा प्रदान गर्नुपर्ने दायित्व बोकेका स्थानीय तहका जनप्रतिनिधि सेवा प्रवाहभन्दा जथाभावी खर्चमा बढी केन्द्रित भएका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जथाभावी गर्ने खर्चका कारण स्थानीय जनता पनि निराश हुँदै गएका छन् । ‘गाउँ गाउँमा सिंहदबार’ भनेर चित्रित गर्न खोजिएका स्थानीय तहमा बढ्दो जथाभावी खर्चको उदाहरण बैतडीको मैलौली नगरपालिकामा पनि देखिएको छ ।

मेलौली नगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको पारिश्रमिक, भत्ता र खाजा तथा खानामा मात्रै २ करोड खर्च गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाको कूल पूँजीगत बजेट ११ करोड रहेकोमा झण्डै २ करोड रुपैयाँ जनप्रतिनिधि तथा कर्मचारीको तलबभत्ता तथा खाना र खाजामा खर्च भएको छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले १ वर्षमा ३० लाख रुपैयाँको चिया मात्रै पिएका छन् ।

नगरपालिकाले चिया–नास्ता शीर्षकमा ३० लाख रुपैयाँ खर्च भएको देखाएको छ ।

नगरपालिकाको कूल ११ करोडमध्ये गत वर्ष १० करोड बढी बजेट खर्च भएको थियो । तर, पूँजीगत खर्च भएका धेरै आयोजनामा अस्वभाविक मूल्याङ्कन र अनियमितता भएको स्थानीयको आरोप छ ।

नगरपालिकाले आफ्नै कार्यालय भवन निर्माणमा २ करोड खर्च गरेको जनाइएको छ । तर, उक्त भवनको निर्माण कार्य अझै सकिएको छैन । यस्तै, सडक र पुल निर्माणमा २ करोड ७० लाख खर्च भएको जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १२ : ४३ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको

युक्रेन शान्ति वार्तामा युरोपको समर्थन

एजेन्सी– अमेरिकी पक्षबाट अमेरिका–मध्यस्थतामा अघि सारिएको शान्ति सम्झौता छिटो स्वीकार

पृथ्वीसुब्बाले पनि दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव पृथ्वी सुब्बा गुरुङले

केन्द्रीय सदस्यमा मनोनयनपछि प्रदीप ज्ञवालीले भने : मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ

काठमाडौं- महासचिवका स्वभाविक दाबेदार प्रदीप ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ र