धनगढीको वडा कार्यालयमा आगजनी « Khabarhub

धनगढीको वडा कार्यालयमा आगजनी


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ ।

राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आगलागी भएको खबर तुरुन्तै थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खासै क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

नेत्र विक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १२ : ४५ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी