प्रतिनिधिसभा बैठक : ३ विधेयक स्वीकृत | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : ३ विधेयक स्वीकृत


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रतिनिधिसभाको आज (बिहीबार)को बैठक ३ विधेयक स्वीकृत गरेको छ ।

राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त विभिन्न ३ वटा विधेयकलाई प्रतिनिधिसभाले स्वीकृत गरेको हो।

बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २०७५, राहदानी विधेयक २०७५ र भूमी सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५लाई राष्ट्रियसभाबाट भएको संशोधन सहित स्वीकृत गरेको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २०७५ र राहदानी विधेयक २०७५लाई बैठकले सर्वसम्मति स्वीकृत गरेको थियो भने भूमि सम्बन्धी (आठौ संशोधन )विधेयक २०७५ लाई बहुमतले स्वीकृत गरेको थियो ।

भूमि विधेयकमा गरिएको व्यवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहमति जनाउदै आएको छ ।

भूमी सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधन माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद र राजपाका सांसदहरुले सुकम्बासीको नाममा राज्यको जग्गा बाड्ने ढंगले नीति बनाईएको भन्दै विरोध गरेका थिए ।

उनीहरुले भूमि नीति बनाउन खोजेको कि सर्वसाधरणलाई भूमि विहिन बनाउन खोजेको भनी मन्त्रीलाई प्रश्न गरे ।

सांसद लक्ष्मी परियाले भू–माफियालाई उकास्ने गरी सरकारले सार्वजनिक जग्गा मास्ने गरी ऐन ल्याएको भन्दै विरोध गरे ।

सांसद लक्ष्मणलाल कर्णले सार्वजनिक जग्गा मास्ने ऐनले मुलुक अघि बढ्नुको सट्टा पछि पर्ने भन्दै पुर्नविचार गर्न मन्त्रीलाई आग्रह गरे ।

सांसद पुष्पमा भुसाल गौतमले पर्ती, ऐलानी र गौचरण मास्ने र राज्य नियन्त्रण गरेर सुकुम्बासीको नाममा जग्गा बाड्ने मनसायले सरकारले ऐन ल्याएको भन्दै विरोध गरे।

सांसद एकवाल मियाँले बन क्षेत्रको भूमि प्रयोगको सम्बन्धमा विधेयकमा गरिएको व्यवस्था विरोधाभाषपुर्ण भएको भन्दै त्यसलाई स्पष्ट पार्नुपर्ने बताए ।

सांसद संञ्जयकुमार गौतमले ठूला ठूला जग्गा जमिनहरु कम्पनी र उद्योगका नाममा गरी पूँजीपतिहरुलाई संरक्षण गर्ने र मध्यमवर्गिय किसानलाई मार्ने गरी नीतिगत भ्रष्टाचारको संस्थागत विकास गर्ने कामलाई संघीय संसदले औपचारिकता दिने काम गरेको भन्दै आपत्ती जनाए ।

सांसद प्रमोद शाहले वन ऐनले गरेको व्यवस्थासंग बाँझिने गरी वन क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीका लागि एक पटकका लागि जग्गा दर्ता गर्न सकिने गरी व्यवस्था गरिएको तर्फ मन्त्रीको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले हदबन्दी भन्दा बढी जग्गा भएको भएपनि उद्योगीलाई हदबन्दी नलगाउने व्यवस्थाले सामाजिक न्याय कायम गर्न नसक्ने भन्दै विरोध गरे ।

विधेयकमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहिन सुकुम्बासीको समस्या सम्बोधन गर्ने गरी विधेयक ल्याईएको स्पष्ट पारे ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : ४० बजे

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी