नयाँ प्रधानमन्त्री निवास शिलान्यास गर्दै ओलीले भने– यो मेरालागि होइन « Khabarhub

नयाँ प्रधानमन्त्री निवास शिलान्यास गर्दै ओलीले भने– यो मेरालागि होइन


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्री निवास आफ्नो लागि नभएको बताएका छन् ।

प्रधानन्त्री निवासको नयाँ भवन शिलान्यास गर्दै प्रधानन्त्री ओलीले आफ्नो कार्यकाल सकिँदा भवन बनि नसक्ने तर त्यसपछि बन्ने प्रधानमन्त्रीहरुले उक्त नयाँ भवन प्रयोग गर्न पाउने उनले बताए ।

‘म अहिले ४१ औं प्रधानमन्त्री छु,’ प्रधानमन्त्री ओलले भने, ‘यो भवनमा २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र म पछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल उक्त भवन निर्माण कार्य हुँदैगर्दा बित्ने भएकाले नयाँ प्रधानमन्त्रीले भने सो भवनमा शान्तसँग बस्न पाउने बताए ।

प्रधानमन्त्री ओलीले यसअघि हिजो बुधबार संसद भवनको शिलान्यास गरेका थिए । सरकारले संसद भवन बनाउन ठूलो लगानी गरेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री ओलीले त्यसलाई नकारात्मक रुपमा लिन नमिल्ने बताए ।

बाह्य दवाव र प्रभाव पर्न नदिन संघीय संसद भवन सरकारले आफ्नै लगानीमा बनाउन सुरु गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, नीति, निर्माण गर्ने संस्था त्यसलाई स्वतन्त्र ढंगले अघि बढाउन पनि आफ्नै लगानीमा सो भवन निर्माण गर्न लागिएको प्रष्ट पारेका हुन् ।

‘हामीले भन्यौं, हाम्रो संसद भवन अरुको सहायतामा निर्माण गर्दैनौं । सो संसद भवन बनाउन पनि अरुको सहयोग पाउन सक्थ्यौं,’ प्रधानमन्त्री ओलीले भने, ‘तर देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, जो अत्यन्त स्वतन्त्र ढंगले कुनै प्रकारको कसैको दायित्व, उत्तरदायित्व, दवाव जस्ता कुराहरु नलिईकन कुनै पनि प्रकारको प्रभावमुक्त राख्नुपर्ने भएकाले संसद भवन आफ्नै लगानीमा निर्माण गर्न सुरु गरियो ।’

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  २ : ४८ बजे

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।