संविधान दिवसमा चिडियाखाना प्रवेश शुल्कमा छुट | Khabarhub Khabarhub

संविधान दिवसमा चिडियाखाना प्रवेश शुल्कमा छुट


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– जावलाखेलस्थित सदर चिडियाखानाले अवलोकनका लागि आउनेलाई बिहीबारदेखि शनिबारसम्म प्रवेश शुल्कमा छुटको व्यवस्था गरेको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा चिडियाखाना व्यवस्थापन समितिले प्रवेश शुल्कमा छुट दिने निर्णय गरेको हो ।

चिडियाखानाका सूचना अधिकारी लिना चालिसेका अनुसार १२ वर्ष उमेरसम्मका बालबालिकालाई यस समयमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तीन दिन अन्य सबै स्वदेशी र विदेशी नागरिकबाट रु ५० शुल्क लिइने छ । अन्य समयमा चिडियाखानाले सर्वसाधारणबाट रु १५०, विदेशीबाट रु ७५० र विद्यार्थीबाट रु ९० शुल्क लिने गरेको छ ।

अहिले दैनिक झण्डै पाँच हजार व्यक्ति अवलोकनका लागि आउने गरेको सूचना अधिकारी चालिसेले जानकारी दिइन् । चिडियाखानामा १२७ प्रजातिका एक हजार दुई १९ जीवजन्तु छन् ।

चिडियाखानाले गत आर्थिक वर्षमा अवलोकन गर्न आउनेहरुबाट रु १४ करोड आम्दानी गरेको थियो । । अघिल्लो आवमा अवलोकनकर्ताबाट रु १२ करोड आम्दानी भएको थियो । गत आवमा स्वदेशी र विदेशी गरी एक लाख व्यक्तिले चिडियाखानाको अवलोकन गरेका थिए ।

एक वर्षअघि भित्र्याइएको ‘रेड पाण्डा’ र ‘रिङटेल्ड लिमर’ अहिले भिडियाखानाका मुख्य आकर्षणका रुपमा रहेका छन् । पछिल्लो समय चिडियाखानाले जनावरलाई राख्न नयाँ घर बनाउने काम तीव्ररुपमा अघि बढाएको चालिसेले बताइन् ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ९ : ४४ बजे

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु

अर्थमन्त्रीले भने : ‘निजी क्षेत्रलाई तर्साउँदिन, निरुत्साहित गर्दिनँ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले सरकारी निकायबाट निजी क्षेत्रलाई निरुत्साहित

बिदा लिएर निजी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई थालियो कारबाही

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई

कांग्रेसको आरोप : रविलाई जोगाउन सत्ता र राज्यसंयन्त्रको दुरूपयोग गरियो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका भनिएका

बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाउँछौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त