झुलाघाट नाकामा पुल निर्माणको माग गर्दै १२ दिनदेखि अनशन « Khabarhub

झुलाघाट नाकामा पुल निर्माणको माग गर्दै १२ दिनदेखि अनशन


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुलको माग गर्दै १२ दिनदेखि जिल्लाबासीहरु रिले अनशन बसेका छन् । पुल नबनेसम्म अनशन नतोड्ने अडान लिएका बैतडीबासीले शुरु गरेको रिले अनशन १२ दिनसम्म पनि जारी छ ।

पुल निर्माणका लागि सरकारी पक्षबाट कुनै पहल नभएकाले अनशन जारी राख्न बाध्य भएका पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिए ।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताले आश्वासन दिएको भए पनि कसैले पूरा नगरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए । सीमानाकामा पक्की पुल नभएकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा बाधा पुगेको बैतडी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खिमानन्द भट्टले जानकारी दिए ।

पुल निर्माणका लागि ठोस पहल नभएसम्म अनशन जारी रहने सङ्घर्ष समितिले जनाएको छ । अनशनमा बैतडीवासीले स्वस्फूर्त रुपमा सहभागिता एवं सहयोग गर्दै आएका छन् । दुई दशकदेखि पुल निर्माणका लागि विभिन्न माध्यमबाट दबाब दिए पनि कुनै सुनुवाइ नभएपछि झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिको अगुवाइमा रिले अनशन बस्न बाध्य हुनुपरेको पुल निर्माण सङ्घर्ष समितिले जनाएको छ ।

विसं २०५९ मा दश हजार बैतडीवासीको हस्ताक्षर सङ्कलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताइएको छ । यसका साथै मोटरेबल पुल निर्माणको लागि विसं २०७५ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो ।

अनशन जिल्ला प्रशासन कार्यालय अगाडि भदौ २२ गतेदेखि शुरु भएको हो । झुलाघाटमा मोटरेबल पुल नहुँदा हाल दशकौँ पहिले बनेको जीर्ण झोलुङ्गे पुलबाट वारपार गर्नुपरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १० : १५ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर