संविधान दिवसका अवसरमा शुक्रबार सार्वजनिक बिदा | Khabarhub Khabarhub

संविधान दिवसका अवसरमा शुक्रबार सार्वजनिक बिदा


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान दिवसको अवसर पारेर सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।

२०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । संविधान दिवसका असरमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरिँदैछन् ।

बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संविधान दिवसका दिन हनुमानढोका, पाटन र राष्ट्रिय संग्रहालय प्रवेशमा शुक्रबार शुल्क नलाग्ने जानकारी दिए ।

यस्तै, सरकारले २८२ कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

नेपालको संविधानको २०७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम भीमबहादुर शेर्पासमेत २८२ जना कैदीहरुको कैद, दण्ड जारीवाना, बिगो र सर्वश्वसहितको बाँकी कैद सजाय माफी दिने सम्बन्धमा सम्मानीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता बाँस्कोटाले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १० : १९ बजे

सहरमा भन्दा गाउँमा बढ्यो महँगी

काठमाडौं– सहरमा भन्दा गाउँमा महँगी बढेको छ । गाउँमा एक वर्ष

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क