संविधान दिवसका अवसरमा शुक्रबार सार्वजनिक बिदा « Khabarhub

संविधान दिवसका अवसरमा शुक्रबार सार्वजनिक बिदा


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान दिवसको अवसर पारेर सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।

२०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । संविधान दिवसका असरमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरिँदैछन् ।

बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संविधान दिवसका दिन हनुमानढोका, पाटन र राष्ट्रिय संग्रहालय प्रवेशमा शुक्रबार शुल्क नलाग्ने जानकारी दिए ।

यस्तै, सरकारले २८२ कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

नेपालको संविधानको २०७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम भीमबहादुर शेर्पासमेत २८२ जना कैदीहरुको कैद, दण्ड जारीवाना, बिगो र सर्वश्वसहितको बाँकी कैद सजाय माफी दिने सम्बन्धमा सम्मानीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता बाँस्कोटाले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १० : १९ बजे

सञ्चारगृहमा शंकास्पद गाडी राखिएको घटनाको विरोधमा उत्रियो रास्वपा, निष्पक्ष छानबिन गर्न सरकारसँग माग

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ

पहिरोमा परेर दुई जनाको मृत्यु

मान्म– कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको

झापाका पाँच सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण

काठमाडौं- भूमि समस्या समाधान समिति आयोगले झापाका पाँच जग्गाविहीन सुकुम्वासी

मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकलाई केन्द्रमा