लघुजलविद्युत् आयोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा « Khabarhub

लघुजलविद्युत् आयोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको रामारोशन गाउँपालिका–५ मा रहेको कैलाशखोला प्रथम लघु जलविद्युत् परियोजना अवरुद्ध हुँदा ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

गत असोज २८ गते राति परियोजनाको बाँध भत्किएपछि विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । विसं २०५६ देखि सञ्चालनमा रहेको विद्युत् आयोजनाबाट विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध हुँदा स्थानीयलाई समस्या भएको छ ।

१५ किलोवाट क्षमताको आयोजनाबाट रामारोशनका ३०० उपभोक्ताले सेवा लिइरहेका परियोजनाका अध्यक्ष लालबहादुर साउँदले जानकारी दिए । विद्युत् सेवा अवरुद्ध भएपछि उपभोक्ता मारमा परेको अध्यक्ष साउँदले बताए ।

तत्कालीन अवस्थामा जिल्ला ऊर्जाको प्राविधिक सहयोग र उपभोक्ताको पूर्ण जनश्रमदानमा निर्माण भएको उक्त जलविद्युत् परियोजनाको सेवा अवरुद्ध भएपछि तिहार अन्धकार हुने भन्दै स्थानीय उपभोक्ता चिन्तित बनेका छन् ।

उपभोक्ताले चाँडोभन्दा चाँडो लघु जलविद्युत् आयोजना मर्मत गरिदिन मागसमेत गरेको गाउँपालिकाका योजना शाखा प्रमुख दलबहादुर साउँदले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ९ : ४१ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा