घरायसी प्रदूषण नै दमको मुख्य कारक ! « Khabarhub

घरायसी प्रदूषण नै दमको मुख्य कारक !


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ।

चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ। वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले प्रदूषणकै कारण नेपालमा दमरोग बढेको बताए ।

प्रदूषणले उपत्यकामा दमरोग बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको उनले बताए । डा. पङ्गेनीका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बालअस्पताल लगायतका अस्पतालहरूमा दमका बिरामीको सङ्ख्या बढ्दै गएको छ।

डा. पङ्गेनीले सहरी क्षेत्रका १५ प्रतिशत जनसङ्ख्यामा दमसम्बन्धी रोग लागेको जानकारी दिँदै काठमाडौँका मुख्य अस्पतालमा दैनिक १५ देखि २५ जना व्यक्ति दमको समस्या लिएर आउने गरेको बताए ।

शिक्षण अस्पतालमा दैनिक ८० जनासम्म बिरामी आउने गरेका छन्। यसअघि भक्तपुरमा तीन वर्ष लगाएर गरिएको सर्वेक्षणमा समेत १५ प्रतिशत मानिसलाई दमरोग लागेको थियो।

तथ्याङ्कअनुसार विश्वमा २५ करोड मानिस दमरोगी रहेको पाइएको छ। तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको दम तथा खोकीकै कारण ज्यान जाने गरेको छ। यस्ता रोगीहरूमध्ये ९० प्रतिशत नेपालजस्तो अल्पविकसित वा विकासशील मुलुकका नागरिक छन्।

विश्व रोगभार सर्वेक्षण २०१६ ले नेपालमा नौ लाख ६० हजार मानिसमा दमका बिरामी रहेको जनाएको छ। विश्वमा प्रतिलाख जनसङ्ख्यामा तीन हजार छ सय दमखोकीका बिरामी छन् भने नेपालमा चार हजार आठ सयको सङ्ख्यामा छन्।

त्यसैगरी नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दमखोकीकै कारण हुने गर्दछ। त्यसमा पनि प्रतिलाखमा १२० महिला र १०३ पुरुष दम तथा खोकीकै कारणले मृत्यु भइरहेको हुन्छ। डा. पङ्गेनीले दमखोकीका कारण मृत्यु हुने महिलाको सङ्ख्या बढिरहेको जानकारी दिए।

तथ्याङ्कअनुसार नेपालमा दमको समस्या अत्यधिक रहेको छ। दमखोकी रोग लागिसकेपछि निको नहुने हुँदा अस्वस्थ मानिसको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ।

डा. पङ्गेनीले ४५ वर्षमाथिका व्यक्तिलाई दमरोग लाग्न शुरु गर्ने बताए । बढी उमेरका मानिसमा दमखोकीको समस्या बढी हुने र पाका उमेरका मानिसको सङ्ख्या पनि थपिँदै गएकाले दमखोकीको बिरामी बढेका छन्।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. अङ्शेष ढुङ्गानाले प्रदूषणकै कारण दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो। उहाँले दम तथा श्वासप्रश्वास रोगको प्रमुख कारक तत्त्व धूमपान र वायु प्रदूषण मुख्य रहेको बताए । उनले धूमपानले गर्ने असरमध्ये दमखोकी एक प्रमुख समस्या रहेको जानकारी दिए । उनले २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिलाले धूमपान गर्ने गरेको जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ७ : ०५ बजे

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै