नगरपालिकाका प्रमुखविरुद्ध आन्दोलनको चेतावनी | Khabarhub Khabarhub

नगरपालिकाका प्रमुखविरुद्ध आन्दोलनको चेतावनी


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको रङ्गेली नगरपालिकाका प्रमुखविरुद्ध बहुमत सदस्यले आन्दोलन शुरु गरेका छन् । नगरप्रमुख दिलीप बगडियाले मनोमानी ढङ्गले काम गर्ने गरेका र कार्यपालिका सदस्यलाई समेत वास्ता नगरेको भन्दै आन्दोलन शुरु गरिएको हो ।

कार्यपालिकाका चार वडाध्यक्षसहित १२ सदस्यले नगरपालिकामै संयक्तरूपमा पत्रकार सम्मेलन गरी प्रमुख बगडियाले चार महिनादेखि कार्यपालिका बैठक नराखी मनोमानी ढङ्गले नगरपालिका चलाएको आरोप लगाएका छन् । प्रमुखले आफ्नो कार्यशैली नसच्याए यही मङ्सिर ८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिएइको छ ।

वडा नं २ का वडाध्यक्ष जितनारायण खवासले रङ्गेली सामुदायिक भवन निर्माणको कोटेशनलगायतका विषयमा शङ्का गर्दै विकास निर्माणको काममा आफ्नो उद्योगको सामान प्रयोग गरेको आरोप लगाए । रङ्गेली बजारको सडक विस्तारको विषयमा अन्तिम पटक कार्यपालिका बैठक बसेर कसरी घर भत्काउने भनेर निर्णय गर्ने भन्ने सहमति भए पनि बगडियाले आफूखुशी निर्णय गरेको वडाध्यक्ष खवासको भनाइ छ ।

कार्यपालिका सदस्य शङ्करप्रसाद साहले व्यक्तिगत रिसइबी राखेर एउटा घरमा डोजर लगाएको आरोप लगाउँदै भने, ‘नगरको विषयगत समिति भङ्ग भए तापनि उनीहरुलाई बोलाएर प्रमुखले निर्णय गर्दै आउनुभएको छ, यो गैरकानूनी हो ।’

वडा नं ३ का वडाध्यक्ष धनश्याम पनेरुले अन्तिम कार्यपालिका बैठकबाट रङ्गेली बजार विस्तारका क्रममा मुआब्जा मागका लागि सिफारिश गर्ने भन्ने योजना राखिए तापनि बैठक नहुँदा गर्न नसकिएको र जनताको काम नरोकिने गरी आन्दोलन गरिने स्पष्ट पारे ।

वडा नं ४ का अध्यक्ष भुपेन्द्र मण्डलले आफू निर्वाचित रहेको वडामा डोजर चलाइँदासमेत आफूलाई नगरप्रमुखले सूचित नगरी भत्काइएको जानकारी दिए । वडा नं ९ का अध्यक्ष केदारचन्द राजवंशीले प्रमुखले रङ्गेली हाटलाई डेढ वर्षदेख अस्तव्यस्त बनाएको, दोहमना हाटको बजेटबिनै घर भत्काएर योजना अधुरै राखेको, दुई वर्षअघिको सडकबत्तीको योजना हाल आएर थालिनु भनेको प्रमुखले रवाफ देखाएको आरोप लगाए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : १७ बजे

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर

युक्रेन युद्धमा रुसलाई समर्थन गरेको अमेरिकी दाबीमा चीनको आपत्ति

बेइजिङ– बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार

रूसी लगानीकर्तालाई नेपाली लगानी गर्न एफएनसीसीआइको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर