ब्यायफ्रेण्डसँग रमाउँदै साम्राज्ञी ! | Khabarhub Khabarhub

ब्यायफ्रेण्डसँग रमाउँदै साम्राज्ञी !


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री साम्राज्ञी शाहले यस वर्ष हिट फिल्म दिन सकिनन् । ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ जस्ता सफल फिल्म दिएकी साम्राज्ञीले ‘तिमी सँग’, ‘मारुनी’, ‘रातो टीका निधारमा’ जस्ता व्यावसायिक असफल फिल्म पनि दिइन् ।

एकपछि अर्को गर्दै असफल फिल्म दिएकी साम्राज्ञी यतिबेला भने फिल्म गरिरहेकी छैनिन् । उनी राम्रो स्किृप्टको प्रतीक्षामा छिन् । बरु साम्राज्ञी आजभोलि फिल्मका कारणले भन्दा ब्यायफ्रेण्डका कारणले चर्चामा छिन् ।

उनी सार्वजनिक कार्यक्रममा पनि ब्यायफ्रेण्डका साथ पुग्ने गर्छिन् । केही समयअघिसम्म ब्यायफ्रेण्डका बारेमा खासै खुल्न नचाहने साम्राज्ञी अहिले भने खुला रुपमै देखिन थालेकी छिन् ।

व्यावसायी भवानी राणाका छोरा देवांश राणाको प्रेममा रहेकी साम्राज्ञी वीरगञ्जमा आयोजित स्वर्ण महोत्सवमा पनि देवांशका साथ पुगेकी थिइन् । सामाजिक सञ्जालमा पनि साम्राज्ञीले देवांशसहितका तस्वीर शेयर गरेकी हुन्छिन् ।

यता देवांशले पनि सामाजिक सञ्जालमा प्रायः साम्राज्ञीसँगका तस्वीर शेयर गर्ने गरेका छन् । सामाजिक सञ्जालमै शेयर गरेका तस्वीरका कारण साम्राज्ञीले ट्रोलको समेत सामना गर्नुपरेको थियो ।

यसअघि फिल्म ‘मारुनी’ प्रदर्शनअघि साम्राज्ञी र उनका ब्यायफ्रेण्ड देवांशले इन्डोनेशियाको बालीमा रोमान्स गरेका तस्वीर सार्वजनिक भएका थिए । ती तस्वीर भाइरल भएपछि साम्राज्ञीलाई पनि मानसिक रुपमै असर परेको थियो ।

शुरुमा साम्राज्ञी देवांशका बारेमा खासै खुल्न नचाहे पनि आजभोलि भने देवांशको तारिफ गर्ने गर्छिन् । एक भेटमा उनले भनेकी थिइन् – ‘हाम्रो पनि व्यक्तिगत जीवन त हुन्छ नि, उसले मलाई एकदमै माया गर्छ । ख्याल गर्छ ।’

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : १२ बजे

युवालाई सामाजिक सञ्जालमा सक्रिय हुन कांग्रेस प्रवक्ता महतको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्रीडा. प्रकाशशरण महतले पार्टीका

नर्वे र युक्रेनबीच स्वास्थ्य क्षेत्रमा सहकार्यको सम्झौता, द्विपक्षीय सहकार्य विस्तार हुँदै

एजेन्सी – नर्वे र युक्रेनले आपसी सहयोग विस्तार गर्ने उद्देश्यले

प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधि मण्डलले

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई 

काठमाडौं– सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको समर्थन गुमाएको सुदूरपश्चिम प्रदेश

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित

सिरहा– असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुख्खा