१० संकेत जसले अशुभ घटना हुनु पूर्व नै जानकारी दिन्छन् « Khabarhub

१० संकेत जसले अशुभ घटना हुनु पूर्व नै जानकारी दिन्छन्


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ज्योतिषशास्त्र एक यस्तो विद्या हो जसले ग्रह नक्षत्रको गणना र तिनको चालबाट व्यक्तिको भविष्यका बारेमा भविष्यवाणी गर्छ । धेरैले ज्योतिषको गणना र भविष्यवाणीको विश्वास गर्छन् भने केही अविश्वास ।

जीवनमा घट्ने केही शुभ र अशुभ घटनाको समेत ज्योतिषशास्त्रले जानकारी दिने गर्दछ । ज्योतिषशास्त्र अनुसार निम्न १० अवस्थामा ब्यक्तिको जीवनमा अशुभ घटना हुने संकेत गर्दछ ।

१. गहना हराउनु
बहुमूल्य गहना हराउनु वा चोरी हुनु राम्रो मानिँदैन । यसले आउने जीवनमा संकट वा अशुभ हुने संकेत गर्दछ ।

२. घरपालुवा जनावरको मृत्यु
यदि घरमा पालिएको घरपालुवा जनावर, चराचुरुङ्गीको एकाएक मृत्यु हुन्छ भने कुनै ठूलो विपत्ति आउने संकेत गर्दछ । तर प्राकृतिक मृत्युले भने असर गर्दैन ।

३. औंलामा अचानक कोठी आउनु
यदि हातको साहिली औंलाको फेदतर्फ अचानक कोठी आयो भने जीवनमा धोका पाउने सम्भावनालाई इशारा गर्छ ।

४. जीवनसाथीसँग झगडा
यदि एकाएक श्रीमान–श्रीमती (जीवनसाथी)बीच झगडा हुन्छ र झगडा बढ्दै जान्छ भने यसले संकट आउने परिस्थितिको संकेत गर्छ । साथै यसले धन नोक्सान हुनेतर्फ पनि इशारा गर्छ ।

५. अवसर गुम्नु
यदि कोही मानिसले सूचना वा मनसायको अभावमा कुनै ठूलो अवसर गुमाएको छ भने यसले उसको जीवनमा संकट आउँदैछ भन्ने संकेत गर्छ । साथै लामो समयबाट थालिएको काममा समेत अवरोध हुने गर्दछ ।

६. पेटको रोग
अचानक कसैमा पेट सम्बन्धि रोग देखा पर्छ र निको भइरहेको छैन भने यसले आउने जीवनमा अनेकौं समस्या आउन सक्नेतर्फ संकेत गर्छ । साथै मानिसमा मन चञ्चल हुने, चिढ्चिढापना बढ्ने हुन जान्छ ।

७. निरन्तर आर्थिक समस्या
यदि कसैलाई अचानक बोल्दा बोल्दै मुख लरबराउँछ र मुखमा आवश्यकता भन्दा बढी ¥याल आउने भइरहेको छ भने भविष्यमा धन र कानूनी अड्चन आउने घटनातर्फ इशारा गर्छ ।

८. पानीको ट्यांकी लिक हुनु
यदि घरमा रहेको पानीको ट्यांकी अचानक लिक भयो अर्थात चुहिन थाल्यो भने घरमा आर्थिक संकट आउने हुनसक्छ ।

९. तेल पोखिनु
काम गर्दागर्दै होस् वा लापरबाहीले होस्, अचानक घरको मुख्य द्वारमा तेल पोखियो भने परिवारमा विपत्ति आउने हुनसक्छ । यसरी तेल पोखिएमा तत्काल सेतो कपडाले सफा गर्नुपर्छ ।

१०. विद्युतीय उपकरण
यदि घरमा ठिकठाक चलिरहेको विद्युतीय उपकरण एकाएक बिग्रियो वा बारम्बार बिग्री रह्यो भने यो धन नोक्सानी हुने संकेत हो । यस्तो भएमा घरमा ठूलो आर्थिक क्षति आउन सक्छ । यसका साथै चर्किएको मोबाइल वा अन्य विद्युतीय उपकरण पनि बोक्नु हुँदैन ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १ : ०७ बजे

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०