बीबीएलको पहिलो खेलमै मेलबर्नबाट प्लेइङ ११ मा अटाए सन्दीप « Khabarhub

बीबीएलको पहिलो खेलमै मेलबर्नबाट प्लेइङ ११ मा अटाए सन्दीप


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने ब्रिस्बाने हिटविरुद्धको पहिलो खेलमा ‘प्लेइङ ११’ मा अटाएका छन् ।

बीबीएलको नयाँ सिजनमा मेलबर्नले हिटविरुद्ध पहिलो खेल खेल्दै छ । मेलबर्नले आफ्नो पहिलो खेलमै सन्दीपलाई ‘प्लेइङ ११’को रुपमा मैदानमा उतारेको छ ।

सन्दीपले यसअघिको संस्करणमा पनि मेलबर्न स्टार्सबाटै खेलेका थिए । अघिल्लो सिजनमा खेलका ७ खेलमा सन्दीपले कूल ११ विकेट लिएका थिए ।

अस्ट्रेलियामा राम्रो प्रभाव छाड्न सफल भएका सन्दीपले यो सिजनमा कस्तो प्रदर्शन गर्ने छन् भन्ने बारे भने हेर्न बाँकी नैछ । मेलबर्नले सन्दीपलाई अस्ट्रेलियाको पीचमा विकेट लिन सहज हुने अनुमान सहित टिममा राखेको छ । सन्दीपले खेलेका सबै जसो प्रतियोगितामा विकेट लिन सफल भएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : ३८ बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान