किया मोटरले जावलखेलमा शुरु गर्‍यो आधुनिक शोरुम « Khabarhub

किया मोटरले जावलखेलमा शुरु गर्‍यो आधुनिक शोरुम


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जाउलाखेलमा आधुनिक सुबिधासहितको शोरुम सञ्चालनमा लाएको छ ।

कियाले थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट) एकै ठाउँमा उपलब्ध हुने गरी शुक्रबारदेखि जावलाखेलमा आधुनिक शोरुम सञ्चालनमा ल्याएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शोरुमको उद्घाटन गरे ।

शोरुममा कियाबाट उत्पादन भएका नेपालमा बिक्री हुने सबै गाडी उपलब्ध हुनेछन् । कम्पनीले उक्त शोरुमबाट बिक्री पछिका सेवाहरु सर्भिसिङ र स्पेयर पार्ट पनि उपलब्ध गराइने जनाएको छ ।

करिब ३ रोपनी क्षेत्रफल रहेको शोरुममा २५ जना भन्दा बढी प्रबिधिक तथा कर्मचारी सेवामा रहने कम्पनीले जनाएको छ ।

जावलाखेलमा शोरुम उद्घाटनसंगै शुक्रबार नै नेपालमा बहुप्रतिक्षित किया सेल्टोस गाडी लञ्च पनि गरिएको छ । सोल्टोसको मुल्य नेपालम बजारमा ४९ लाख ९० हजार देखि ६६ लाख ९९ हजार सम्म पर्ने कम्पनीले जानकारी दिएको छ ।

किया जाउलाखेलले सुरुवाती बुकिङमा १ लाख ५० हजार सम्मको नगद छुटको सुविधा दिएको छ । जसले ग्राहकलाई आफ्नो रोजाइको गाडी किन्न सहज हुने कम्पनीको विश्वास छ ।

कियाले सन् २०१९ देखि भारतमा आफ्नो उत्पादन शुरु गरेको थियो । भारतमा निकै लोकप्रिय भएको सेल्टोस नेपालमा पनि सफल हुने कम्पनीको विश्वास छ ।

यस्तै, किया जाउलाखेलबाट बिद्युतीय गाडीको बिक्री पनि शुरु गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  २ : ०१ बजे

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा