तराईमा शीतलहरः मोरङका १ सय ८२ स्थानमा प्रहरीले बाल्यो आगो  « Khabarhub

तराईमा शीतलहरः मोरङका १ सय ८२ स्थानमा प्रहरीले बाल्यो आगो 


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- तीन दिनदेखि बढ्दै गएको चिसोले तराइका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

चिसो बढेपछि मोरङमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शीतलहरबाट आम नागरिकलाई जोगाउन सबैले सामूहिक जिम्मेवारी बहन गर्नुपर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा प्रजिअ भुजेलले शीतलहरले विशेषगरी तराईका जिल्लाहरुमा बढी असर गर्ने भएकाले प्रभावित क्षेत्रमा आवश्यक पर्ने कम्बल, दाउरा र चिकित्सक उपलब्ध गराउने जानकारी दिए ।

मोरङका सबै स्थानीय तहका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, उद्योग सङ्गठन, मोरङ व्यापार सङ्घ, विराट व्यापार सङ्घ, कोशी अस्पतालका चिकित्सक, जिल्ला वन कार्यालयका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय र विपद्मा राहतका काम गर्ने सबै निकायको सहयोग लिएर शीतलहर प्रभावित क्षेत्रमा जनसेवाको काम गर्ने बैठकमा निर्णय भएको छ ।

खासगरी शीतलहरबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि आकस्मिक बैठक बसेको हो ।

बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले आजदेखि प्रहरीको सक्रियतामा जिल्ला भरीमा १८२ स्थानमा आगो बाल्ने काम भएको भन्दै यो कार्य शीतलहर हुन्जेलसम्म निरन्तरता दिने जानकारी दिए ।

कोशी अस्पतालका डा सन्ध्या ज्ञवालीले यो मौसममा अस्पतालमा दमको रोगीको चापसँगै बालबालिकाहरुलाई पनि चिसोले दुःख दिएर उपचार गराउन आउनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्याललयका प्रतिनिधि रामनन्द यादवले शीतलहरबाट बच्न मानिसले तातो हुने खानेकुरा खानुपर्ने, घर बाहिर कम निस्कने, आगो ताप्ने, न्यानो हुने लुगा लगाउनुपर्ने सुझाव दिए ।

लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौलाले शीतलहरबाट प्रभावित हुने परिवारलाई राहत वितरण गर्न कोष स्थापना गरेको जानकारी दिइन् ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले यस क्षेत्रमा शीतलहरले खासै असर नगरे पनि गाउँपालिका तयारी अवस्थामा रहेको जानकारी दिए।

मोरङका धेरै स्थानीय तहले शीतलहरबाट बचाउन कम्बलको व्यवस्था गरेका छन् । विराट व्यापार सङ्घका अध्यक्ष सुजन थापाले यस्तो परिस्थितिमा सबै व्यापारिक सङ्गठनलाई क्रियाशील बनाएर राहतमा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ६ : ५६ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन