अनुसन्धान स्वतन्त्र, निष्पक्ष र सुदृढ हुनुपर्छः प्रधानन्यायाधीश राणा | Khabarhub Khabarhub

अनुसन्धान स्वतन्त्र, निष्पक्ष र सुदृढ हुनुपर्छः प्रधानन्यायाधीश राणा


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अनुसन्धान  स्वतन्त्र, निष्पक्ष र सुदृढ हुनुपर्ने बताएका छन् ।

महान्यायधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयले आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन’ मा उनले अनुसन्धानकर्ता र अभियोजनकर्ताले सक्षमता र विश्वसनीयताका साथ अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

“समाजमा न्याय र कानूनको शासनका लागि अपराध अनुसन्धान स्वतन्त्र, निष्पक्ष हुनुपर्छ”, उनले भने । फौजदारी न्याय प्रणालीको मेरुदण्ड नेपाल प्रहरी भएको उनको भनाइ थियो ।

प्रधानन्यायाधीश राणाले प्रविधिको विकास र अपराधको बदलिदो परिस्थितिमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको जनशक्ति र क्षमता अभिवृद्धिमा विकास गर्नुपर्ने बताए । एउटा निकायको सक्षमताले मात्र सुदृढ र सक्षम न्याय प्रणालीको गन्तव्य भेट्न नसकिने उनको भनाइ थियो ।

उनले गत वर्षदेखि लागू भएका संहिता कानूनहरु विस्तृत, जटिल र महत्वपूर्ण रहेकाले तिनको प्रयोगमा एकरुपता आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले सुदृढ फौजदारी न्याय प्रशासन मुलुकको समृद्धि र सुशासनको आधार भएकाले पीडितलाई न्याय र कसूरदारलाई सजाय दिलाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले गत आर्थिक वर्षमा सरकारी मुद्दामा ७२.२८ प्रतिशत सफलता हासिल गरेको बताउँदै आगामी दिनमा सफलताको प्रतिशत झन् बढाएर लैजाने बताए । एउटा घटनाको सही अनुसन्धान भएन भने त्यसले सिङ्गो राष्ट्रलाई असर पार्ने हुँदा सही अनुसन्धानतर्फ नेपाल प्रहरी र महान्यायधिवक्ताको कार्यालय लागेको उनको भनाइ थियो ।

त्यस्तै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संविधान र कानूनले दिएको अधिकारअनुसार काम गरे मात्र अनुसन्धानको सफल नतिजा आउने बताए । सफल अनुसन्धानका लागि प्रयोगशालाको आवश्यकता रहेको उनको भनाइ थियो ।

अध्यक्ष श्रेष्ठले अदालतबाट छुटेको व्यक्तिलाई अर्को मुद्दा लगाएर थुन्ने प्रवृत्ति पछिल्लो समयमा बढेको बताउँदै यसबारे सम्मेलनमा गहन छलफल गर्नुपर्ने उल्लेख  गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आधार पारदर्शी न्याय प्रणाली भएको बताउँदै पारदर्शी न्यायका लागि नेपाल प्रहरी दृढ भएर लागेको उल्लेख  गरे । प्रहरीले गत वर्षदेखि शुरु गरेको प्रहरी समुदाय साझेदारी कार्यक्रमले अपराध नियन्त्रणमा सहयोग पुगेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १० : ३१ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति