मेलम्चीको पानी असारभित्र सुन्दरीजल झारिने « Khabarhub

मेलम्चीको पानी असारभित्र सुन्दरीजल झारिने


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको छ ।

चालु आर्थिक वर्षको असार मसान्तभित्रैमा सुन्दरीजल पानी झार्ने योजनाका साथ अहिले यहाँको कामलाई तीव्रता दिइएको हो ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने, “आगामी असारभित्रैमा अस्थायी बाँध बाँधेरै भए पनि सुन्दरीजलमा पानी झार्ने तयारी भइरहेको छ ।”

तेस्रो पटक नियुक्त भएको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले पूर्ण क्षमतामा कामदार र मेशिनरी औजार परिचालन गरेकाले असारमा पानी पु¥याउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै आएको छ ।

आयोजनामा अहिले हेडवक्र्स ९इन्टेक०को काम तीव्र रुपमा भइरहेको छ । त्यही हेडवक्र्समार्फत पानी टनेलमा पठाइन्छ । टनेलको गेट बनाउने कामसमेत जारी छ । उक्त कम्पनीसँग भएको सम्झौतामा ३२ वटा गेट बनाइने उल्लेख छ ।

सुरुङभित्रको काम ‘फिनिसिङ’को चरणमा पुगेकाले १० प्रतिशतमात्रै बाँकी रहेको उनले बताए । आयोजनाको सबै गरेर ९५ प्रतिशत काम सकिएको उनले बताए ।

टनेलको मात्रै ९० र मुहान क्षेत्रको काम ६० प्रतिशत सकिएको उनले बताए । गत असोजमा १५ महिने ठेक्का सम्झौता भएको सिनोले एक महिनादेखि आयोजनाको बाँकी कामलाई तीव्रता दिइरहेको छ । दैनिक तीन सय कामदार र आवश्यक मात्रामा मेशिनरी औजार परिचालन गरिएको छ ।

आयोजनाको मुख्य संरचना साढे २६ किलोमिटर लामो सुरुङमार्ग छेडेको इटालियन ठेकेदार कम्पनी सीएमसीले ठेक्का तोडेपछि बाँकी काम सिनोले गरिरहेको छ ।

उसले मुहानस्थलमा हेडवक्र्स, अस्थायी संरचना, कफर्ड ड्यामको काम गरिरहेको छ । कार्यकारी निर्देशक खत्रीले सुरुङ ढलान गर्ने काम साढे दुई किलोमिटर बाँकी रहेको बताए ।

मुहानमा स्थायी संरचना हेडवक्र्स ९इन्टेक० बन्न अझै एक वर्ष लाग्ने भएकाले तत्काल अस्थायी ड्याम बनाएर पानी पठाउन लागिएको छ । सिनोले सुरुङको बाँकी काम गर्न रु ८५ करोड र रु एक अर्ब दुई करोडमा हेडवक्र्सको ठेक्का पाएको आयोजनाले जनाएको छ । असोजमा गरिएको सम्झौताअनुसार १५ महिनाभित्र दुवै काम सक्नुपर्नेछ ।

सरकारले २०५५ बाट मेलम्चीको काम अघि बढाएको थियो । साढे २६ किलोमिटर सुरुङ खन्नुपर्नेमा झण्डै ६ किमीमात्र खनेर सन् २००९ मा चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वेले ठेक्का तोडेको थियो ।

बाँकी काम गर्न ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीले आफ्नै कारणले गत वर्षको पुसमा आयोजना छोडेकाले सरकारले ठेक्का तोडेको थियो ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १० : १५ बजे

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको