मेस्सीको गोलमा हारबाट जोगियो अर्जेन्टिना « Khabarhub

मेस्सीको गोलमा हारबाट जोगियो अर्जेन्टिना


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका अन्तर्गतको आफ्नो दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेसँग अंक बाडेको छ । ब्राजिलमा बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १–१ को बराबरी खेलेको हो ।

१–० ले पछि परेको अर्जेन्टिनालाई हारबाट जोगाउन कप्तान लियोनल मेस्सीले पेनाल्टीमार्फत गरेको गोल निर्णाक बन्यो । खेलको ५७ औं मिनेटमा पाराग्वेका खेलाडीले अर्जेन्टिनाका खेलाडीमाथि फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टी बललाई कप्तान मेस्सीले पाराग्वेको गोल पोष्ट चुमाएपछि अर्जेन्टिनाले १–१ गोलको बराबरी गरेको थियो ।

त्यसअघि अर्जेन्टिनाविरुद्ध पाराग्वेका रिचार्ड साञ्चेजले ३७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

विश्वका उत्कृष्ट खेलाडी लियोनल मेस्सी, एन्जल डि मारिया र सर्जियो अग्युरो लगायत टोलीमा रहँदा पनि अर्जेन्टिनाले कोपा अमेरिकामा अपेक्षित नतिजा हात पार्न सकेको छैन ।

यसअघि पहिलो खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० ले पराजित भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : १९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन