युट्युबबाट ‘भाग्य’ चम्काएका भाग्य न्यौपाने « Khabarhub

युट्युबबाट ‘भाग्य’ चम्काएका भाग्य न्यौपाने


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युट्युबमा अन्तर्वार्ता लिएर चर्चामा आउने सेलिब्रेटी कमै छन् । पछिल्लो समय भाग्य न्यौपानेको भाग्य भने युट्युबले नै चम्काइदिएको छ । गाउँगाउँ पुगेर लिएका उनका अन्तर्वार्तालाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् । समस्यामा परेका तर हाइलाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यबकै लागि भनेर रातदिन समय दिइरहेका छन् ।

केही वर्षयता नाम र दाम दुवै कमाएका भाग्य पछिल्लो समय समाजसेवामा पनि जोडिएका छन् । जसकारण भाग्यका फ्यान दिनानुदिन बढ्दै गएका छन् । झापा पुगेर उनले अहिलेका बालगायक अशोक दर्जीको अन्ततर्वार्ता लिएका थिए । त्यसपछि अशोक दर्जी पनि एकाएक चर्चामा आए । भाग्य न्यौपानेले ल्याएका धेरै भिडियो अन्तार्वार्ता चर्चित छन् । गाउँगाउँ पुगेर अन्तर्वार्ता लिन उनलाई भ्याइनभ्याइ छ ।

भाग्य भन्छन्, ‘मैले मलेसियामा छँदा नै निर्णय गरेको थिएँ कि, म धनीको हैन, गरीबको नै अन्तवार्ता लिन्छु, म त्यस्तै अन्तर्वार्ता लिन्छु ।’

मलेसिया उनी पढ्नका लागि गएका थिए ।

उनका अनुसार नेपालमा गरीब वर्ग अझै पनि मिडियाको पहुँचमा पुग्न सकेका छैनन् । अहिले त बरु धेरैले यो अवसर पाएका छन् । तर भाग्यले अन्तर्वार्ता ल्याउन शुरु गर्दा यस्ता विषयवस्तु मिडियाको नजरमा पुग्दैनथे ।

‘भुइँचालो जाँदा होस् या अरु बेला मैले त्यस्तै समाजमा पछि परेका कथालाई पात्र बनाएको छु, कतिले त अन्तर्वार्ताकै कारण सहयोग पनि पाउनुभएको छ,’ भाग्य न्यौपानले भने, ‘बिहानै ६ बजेदेखि राति १० बजेसम्म यही भिडियो बनाउनमै लाग्छु, गाउँ डुल्छु ।’

अहिले त भाग्य न्यौपानेले जस्तो नयाँ पात्र र विषयको खोजी गरेर अन्तर्वार्ता लिने चलन नै बसेको छ । भाग्यले आफूले यो प्रयोग गरिरहेको र अरुको नजरमा नपरेका प्रतिभालाई अगाडि ल्याउन आफू सधै प्रयासरत भएको बताए । भने, ‘पहिले हामीले कसको भिडियो बनाउने भनेर पात्र खोजी गर्थ्यौं, तर अहिले धेरैजसो फोन आउँछन्, कहिलेकाहीँ त लाग्छ, नेपालमा यति धेरै बिरामी हुनुहुन्छ र ?’

उनले कति बिरामीलाई भेटेर आफूले सहयोग गरेको र कतिको लागि सहयोग जुटाएको समेत बताए । ‘सबैको भिडियो बनाएर त साध्य हुँदैन तर कति कथा त यस्ता हुन्छन्, जसले निकै दुःखी बनाउँछन् ।’

अहिले चर्चित बनेका अशोक दर्जीको अन्तर्वार्ता लिन उनी झापाका विभिन्न स्थानमा पुगेका थिए । उनले शुरुमा सामाजिक सञ्जालमा अशोक दर्जीले गाउँदै गरेको भिडियो देखेका थिए । ‘मैले यशकुमारले झैँ गाउने गायक भन्ने गरेको अशोक दर्जीको भिडियो हेरेको थिएँ, त्यसपछि हामीले झापाका कैयन् ठाउँमा गएर उहाँको खोजी ग–र्यौँ, मलाई के लाग्यो भने, यस्ता प्रतिभालाई मिडियामा ल्याउनैपर्छ,’ भाग्यले सम्झे ।

भाग्य न्यौपानेले लिएका अन्तर्वार्ताले चर्चा पाएका छन् । निरन्तर रुपमा सक्रिय भएर समाजका प्रतिभाको खोजी गरिरहेका भाग्यले आफू सधै यसरी नै सबैको विश्वास जित्ने गरी अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ६ : २७ बजे

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा