अल्जेरियाले जित्यो अफ्रिका कप अफ् नेसन्सको उपाधि « Khabarhub

अल्जेरियाले जित्यो अफ्रिका कप अफ् नेसन्सको उपाधि


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेनेगललाई १–० ले हराउँदै अफ्रिका कप अफ् नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । अल्जेरियाले दोस्रो पटक अफ्रिका कप अफ् नेसन्सको उपाधि जितेको हो ।

अल्जेरियाले यसअघि सन् १९९० को संस्करणको उपाधि जितेको थियो । सन् २००२ मा उपविजेता बनेको सेनेगल यस पटक पनि अभागी रह्यो । त्यसबेला पनि सेनेगल पेनाल्टीमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

इजिप्टको कायरो अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा बाघदाद बोउनदेजाको प्रहार सालिफ सानेको खुट्टामा लागेर डिफ्लेक्ट भएको बल गोलमा परिणत भएको थियो । खेलको दोस्रो मिनेटमा नै भएको गोल नै अल्जेरियालाई जित दिलाउनका लागि निर्णायक बन्यो ।

खेलमा सेनेगलले अल्जेरियामाथि दबाब कायम गरे पनि गोल भने गर्न सकेन । खेलमा सेनेगलले अल्जेरियाको पोस्टमा १२ पटक एटेम्प्ट गरेको थियो । जसमा तीनवटा सट फ्रेममा लागेको थियो ।

दोस्रो हाफमा एमबाए नियाङले दुईवटा उत्कृष्ट मौका गुमाएका थिए । दोस्रो हाफमा सेनेगललाई पेनाल्टी पनि दिइएको थियो । तर, भिडियो एसिस्टेन्ट रेफ्रीले त्यो पेनाल्टीको निर्णय उल्टाएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ७ : ५२ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा