झण्डै २१ अर्बका ६२३ आयोजना अलपत्र « Khabarhub

झण्डै २१ अर्बका ६२३ आयोजना अलपत्र


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सञ्चालन गरेका आयोजनाका ९ सय ६ ठेक्कामध्इे ६ सय २३ वटा लथालिङ्ग अवस्थामा रहेका छन् । यी ठेक्का २० अर्ब ७६ करोडका रहेको कान्तिपुर दैनिकमा खबरछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनबाट यति धेरै आयोजनाका विकास निर्माणको काम अलपत्र परेको खुल्न आएको छ ।

सडक विभागले सडक निर्माण आयोजनाको विकासक्रम बुझने भएको छ । विभागका सहायक प्रवक्ता अर्जुन सुवालले भने ठेकेदारको लापरबाही रहेछ भने रद्द गरेर कालोसूची प्रक्रिया अघि बढाउने प्रतिक्रिया दिएका छन् ।

त्यस्तै पाठकमाथि अनुसन्धान सुरु शीर्षकको अर्को समाचारमा अख्तियारले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकको घुस प्रकरणमाथि विस्तृत अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट अनियमितता गरेको संकेत देखिएका विस्तृत अनुसन्धान गर्ने कानुनी व्यवस्था छ । अख्तियारले सञ्चारमाध्यममा आएका समाचारलाई उजुरीका रुपमा लिएको छ ।

त्यस्तै झापाका किसान क्यामोमाइल खेतीतर्फ आकर्षित हुन थालेको उल्लेख गरेको आजको मुख्य पृष्ठमा झापा गौरादहका किसान क्यामोमाइल खेती स्याहार्न व्यस्त रहेको तस्बिर छापेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ६ : ३६ बजे

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी

पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेटे ओलीले

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पितृशोकमा रहेका

सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन-जीबीच नै चर्काचर्की

काठमाडौं- सरकार र जेन–जीबीच सम्झौता बैठकमा चर्काचर्की भएको छ। जेनजी,