नेकपा र कांग्रेस आन्तरिक झमेलामा, साना दल सक्रिय बन्दै गाउँ–गाउँमा « Khabarhub

नेकपा र कांग्रेस आन्तरिक झमेलामा, साना दल सक्रिय बन्दै गाउँ–गाउँमा


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठूला दल सुस्त देखिए पनि साना दल सक्रिय भएका छन् । सत्तारुढ दल नेकपा तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक झमेलामा फसेका बेला सान दल राष्ट्रव्यापी अभियान लिएर गाउँ पसेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार छापेको छ ।

भ्रातृ संगठन नेविसंघ विघटन तथा नयाँ विधानमा सहमति जुट्न नसक्दा कांग्रेस अन्योलमा छ । शीर्ष नेताबीचको टकरावका कारण महासमितिले पारित गरेको विधानलाई कांग्रेस अन्तिम रुप दिन सकेको छैन ।

त्यसैगरी भ्रष्टाचारमा मुछिएपछि राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि विस्तृत अनुसन्धान थालेको विषयमा ‘पाठकसँग बयान लिँदै अख्तियार’ शीर्षकमा समाचार छापेको छ ।

रेश्मा बलात्कार–हत्या प्रकरणको समाचारलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा छापेको छ । फ्रुटी र चाउचामा लोभिँदा धनुषाकी ११ वर्षीया बालिका रेश्माको ज्यान गएको खुलेको छ । छिमेकीको बिहे भोजमा रमाइरहेकी धनुषा मिथिला नगरपालिका–३ हरिहरपुरकी दुतिया रासइली (रेश्मा)लाई बिहेमै आएका एक युवाले बलात्कार पछि हत्या गरेका हुन् ।

वैदेशिक लगानी घटेको अवस्थामा अब नेपालीले लगानी गर्ने भनेकै जलविद्युतमा हो । जलविद्युतमा स्वदेशका निजी क्षेत्रको उत्साहजनक सहभागिता भइसकेको छ । निजी क्षेत्रले उनीहरुको आर्थिक, प्राविधिक क्षमताले भ्याएसम्म लागनी गर्दैछन् । त्यसैले सरकारले आह्वान गरेको नेपालको पानी, जनताको लागनी नै आकर्षक योजना हुने आसयको पत्रिकाले सम्पादकीय लेखेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ७ : ०४ बजे

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी

पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेटे ओलीले

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पितृशोकमा रहेका

सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन-जीबीच नै चर्काचर्की

काठमाडौं- सरकार र जेन–जीबीच सम्झौता बैठकमा चर्काचर्की भएको छ। जेनजी,