डेङ्गुबाट आठ महिनामा ८ सय जनाको ज्यान गयो « Khabarhub

डेङ्गुबाट आठ महिनामा ८ सय जनाको ज्यान गयो


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्समा यस वर्षको आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ ।

विभागले यस वर्षको जनवरी १ देखि अगस्ट ३ सम्मको अवधिमा एक लाख ८८ हजार ५६२ जनामा डेङ्गु रोग भेटिएको विवरण संकलन गरेको छ । गत वर्षको यही अवधिमा ९३ हजार १४९ जना डेङ्गुका बिरामी फेला परेका थिए ।

डेङ्गुका बिरामी दोब्बरले वृद्धि भएको फिलिपिन्समा सन् २०१८ को तुलनामा मृत्यु भएकाको संख्या पनि झण्डै दोब्बरले वृद्धि भएको छ । गत वर्ष ४९७ जनाको डेङ्गुकै कारण मृत्यु भएको थियो ।

स्वास्थ्य सेवा विभागले फिलिपिन्सका मध्य र दक्षिणी क्षेत्रमा डेङ्गुको महामारी देखिएको जनाएको छ ।

विभागले डेङ्गुबाट बिरामी हुनेहरुमा सबैभन्दा बढी पाँचदेखि नौ वर्ष उमेरका बालबालिकामा देखिएको जनाएको छ । यो उमेर समूहमा करिब २३ प्रतिशत बिरामी देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका उपसचिव एरिक डोमिङ्गोले डेङ्गुका बिरामीको संख्या निरन्तर वृद्धि भइरहेको जानकारी दिनुभयो । उहाँले डेङ्गु रोग फैल्याउने लामखुट्टेको बासस्थान नष्ट गर्न र सफाईमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

गत अगस्ट ६ मा फिलिपिन्स सरकारले डेङ्गुको महामारी देशव्यापी रहेको भन्दै संकटकाल घोषणा गरेको थियो । स्वास्थ्य सेवा विभागले वर्षादको मौसममा आगामी अक्टोबरसम्म लामखुट्टे धेरै बढ्ने भएकाले डेङ्गु फैलन सक्ने भन्दै थप सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ५ : २८ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता