सुरेश वाग्ले मेमोरियल अस्ताल निर्माणमा भएको ढिलाइप्रति संसदीय समितिको चासो « Khabarhub

सुरेश वाग्ले मेमोरियल अस्ताल निर्माणमा भएको ढिलाइप्रति संसदीय समितिको चासो


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालका बारेमा सरोकारवाला मन्त्रीहरुसँग छलफल गर्ने भएको छ ।

त्रिवि शिक्षण अस्पतालको परिसरमा रहेको सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल लामो समयदेखि सञ्चालनमा नआएकाले समितिले त्यसबारेमा छलफल गर्न लागेको हो ।

संघीय संसद प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले उक्त अस्पतालको अवस्थाबारे शिक्षा, स्वास्थ्य र सहरी विकास मन्त्रालयसँग छलफल गर्ने भएको हो ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा सदस्यहरुले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको बहुवर्षीय परियोजना अन्र्तगत सन् २०११ मा ३ बर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको अस्पताल अहिलेसम्म नबन्नु सरकारी गैरजिम्मेवारीको पराकाष्टा भएको भन्दै सम्बन्धित मन्त्रीलाई बोलाई कडा निर्देशन दिन सभापतिको ध्यानाकर्षण गराएका थिए ।

समिति सदस्य अञ्जना विशंखेले लामो समय भईसक्दा पनि निर्माण नभएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शहरी विकास मन्त्रालयलाई छलफलका लागि समितिमा बोलाउनुपर्ने धारणा राखिन् ।

त्यसैगरी समितिका अर्का सदस्य जीवनराम श्रेष्ठले सरकारकै आयोजनाका बारेमा सरकारी निकायले नै खोजी नगर्नु गैरजिम्मेवारीको पराकाष्टा भएको भन्दै सम्बन्धित निकायलाई कडा कारवाहीको निर्देशन गर्नुपर्ने तर्क राखे ।

त्यसैगरी समिति सदस्यहरु खगराज अधिकारी, उमाकान्त चौधरी, उमेश श्रेष्ठ लगायतले पनि अस्पताल निर्माणका बारेमा सम्बन्धीत मन्त्रालयले गरेको लापरवाहीबारे मन्त्रीलाई बोलाई छलफल गर्नुको साथै कडा निर्देशन दिनुपर्नेमा सभापतिको ध्यानाकर्षण गराए ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको बहुबर्षीय परियोजना अन्र्तगत सन् २०११ डिसेम्बर १४ मा ३ बर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र भवन निर्माणका लागि २ पटक भेरिएसन आदेश र तेस्रो पटक म्याद थप भईसकेको छ । पटक पटक थप भएको समयमा पनि निर्माण कार्य सम्पन्न नभएपछि अहिले भेरिएसन स्वीकृति र म्याद थपको प्रक्रिया नै अगाडि बढाईएको छैन ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : ४१ बजे

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको