प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्‍याउँछौँ : मन्त्री मगर « Khabarhub

प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्‍याउँछौँ : मन्त्री मगर


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री बिना मगरले देशभरका प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्‍याउन सरकार लागिरहेको बताएकी छन् ।

देशभरका सबै प्रदेशका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार खानेपानी विभागले उपलब्ध गराएको ‘खानेपानी गुणस्तर परीक्षण मोबाइल भ्यान’को मंगलबार शुभारम्भ गर्दै उनले सबै जनतामा स्वच्छ र शुद्ध खानेपानी पुर्‍याउन सरकार लागिरहेको बताएकी हुन् ।

“संविधानले नै हरेक नागरिकलाई स्वच्छ र शुद्ध खानेपानी पिउने अधिकारको ‘ग्यारेन्टी’ गरेको छ, त्यसलाई परिपूर्ति गर्न सरकार गम्भीर ढङ्गले लागेको छ”, उनले भनिन् । पानी र ढलका सम्बन्धमा सरकार योजना बनाएर अगाडि बढेको उनको भनाइ थियो ।

मन्त्री मगरले विपद्का बेला कतिपय जनताले स्वच्छ र शुद्ध खानेपानी पिउन नपाएर बिरामी पर्ने गरेको बताउँदै खानेपानी गुणस्तर मोबाइल भ्यानको उपलब्धतासँगै सबै जनताले स्वच्छ र शुद्ध खानेपानी उपभोग गर्न पाउने बताइन् ।

ग्रामीण क्षेत्रमा सञ्चालित कतिपय आयोजनामा गुणस्तरीय पानी आए पनि कतिपय आयोजनामा गुणस्तरहीन पानी आउने गरेको बताउँदै उनले गुणस्तरहीन पानीको स्तरवृद्धिका लागि सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको उल्लेख गरिन् ।

खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दासले मोबाइल भ्यानको प्रयोगसँगै सबै प्रदेशका विभिन्न क्षेत्रमा पुगेर पानीको गुणस्तर परीक्षण गरिने बताए। यस्तै, विपद्को बेला पानी शुद्धीकरण सामग्री लगेर विपद् प्रभावित क्षेत्रमा वितरण गरिने हुँदा सबै जनताले शुद्ध खानेपानी प्रयोग गर्न पाउने उनको भनाइ थियो ।

रु दुई करोड १६ लाख लागतमा विभागले किनेको पाँच वटा भ्यान म‌ंगलबार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवल, पोखरा, सुर्खेत, जनकपुर र भरतपुरलाई मन्त्री मगरले वितरण गरेकी हुन् । विभागले गत वर्ष सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरी र धनगढीलाई भ्यान वितरण गरेको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ९ : १५ बजे

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा