‘समृद्ध बन्ने अधिकार अमेरिकालाई जति छ त्यत्तिकै चीनलाई’ « Khabarhub

‘समृद्ध बन्ने अधिकार अमेरिकालाई जति छ त्यत्तिकै चीनलाई’


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले अमेरिकासमक्ष आफ्नो मुलुकको समृद्ध हुने तथा विकास गर्ने हकको सम्मान गर्न आह्वान गरेको छ । व्यापारिक वार्ताका लागि चीनमा रहेको अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटका क्रममा चिनियाँ प्रतिनिधिले आफ्नो मुलुकको समृद्ध हुने तथा विकास गर्ने हकको सम्मान गर्न आह्वान गरेका हुन् ।

चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले अमेरिकी प्रतिनिधिमण्डललाई समृद्ध हुने तथा विकास गर्ने हक अमेरिकाजस्तै चीनलाई पनि रहेको जनाएका हुन् । चीनको विकास तथा समृद्धी विश्व तथा अमेरिकाको हितमा रहेको कुरा अमेरिकाले स्वीकार्नुपर्ने यीको भनाइ छ ।

अमेरिकाले पछिल्ला केही समययता चीनले गैरकानूनी व्यापारिक अभ्यास गरिरहेको आरोप लगाउँदै आएको छ । त्यसैक्रममा अमेरिकाले २ खर्ब अमेरिकी डलर भन्दा बढीका चिनियाँ निर्यातमा लगाएको १० प्रतिशत भन्सार लगाएको छ ।

१० प्रतिशत भन्सार आगामी मार्च १ बाट बढाएर २५ प्रतिशत पु¥याउने जनाइएको छ । त्यसका लागि अमेरिकी तथा चिनियाँ व्यापारिक प्रतिनिधिबीच सघन वार्ता भइरहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ७ : ५५ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको