‘समृद्ध बन्ने अधिकार अमेरिकालाई जति छ त्यत्तिकै चीनलाई’ « Khabarhub

‘समृद्ध बन्ने अधिकार अमेरिकालाई जति छ त्यत्तिकै चीनलाई’


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले अमेरिकासमक्ष आफ्नो मुलुकको समृद्ध हुने तथा विकास गर्ने हकको सम्मान गर्न आह्वान गरेको छ । व्यापारिक वार्ताका लागि चीनमा रहेको अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटका क्रममा चिनियाँ प्रतिनिधिले आफ्नो मुलुकको समृद्ध हुने तथा विकास गर्ने हकको सम्मान गर्न आह्वान गरेका हुन् ।

चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले अमेरिकी प्रतिनिधिमण्डललाई समृद्ध हुने तथा विकास गर्ने हक अमेरिकाजस्तै चीनलाई पनि रहेको जनाएका हुन् । चीनको विकास तथा समृद्धी विश्व तथा अमेरिकाको हितमा रहेको कुरा अमेरिकाले स्वीकार्नुपर्ने यीको भनाइ छ ।

अमेरिकाले पछिल्ला केही समययता चीनले गैरकानूनी व्यापारिक अभ्यास गरिरहेको आरोप लगाउँदै आएको छ । त्यसैक्रममा अमेरिकाले २ खर्ब अमेरिकी डलर भन्दा बढीका चिनियाँ निर्यातमा लगाएको १० प्रतिशत भन्सार लगाएको छ ।

१० प्रतिशत भन्सार आगामी मार्च १ बाट बढाएर २५ प्रतिशत पु¥याउने जनाइएको छ । त्यसका लागि अमेरिकी तथा चिनियाँ व्यापारिक प्रतिनिधिबीच सघन वार्ता भइरहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ७ : ५५ बजे

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका