डा.राजीव कुमार झालाई सुप्रबल जनसेवाश्री पदक « Khabarhub

डा.राजीव कुमार झालाई सुप्रबल जनसेवाश्री पदक


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विभिन्न पदक तथा भूषणद्वारा विभूषित गर्दैछ ।

यही क्रममा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका प्रोफेसर डा. राजीव कुमार झा लाई सुप्रबल जनसेवाश्री (तृतीय) पदक प्रदान गरिने भएको छ ।

विगत २३ वर्षदेखि चीनमा रहेका झा सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ का निर्देशक हुन् ।

चीन सरकारले पाँच करोड रुपैयाँभन्दा बढी खर्चेर उनको नाममा ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ खोलेको छ। सेन्टरको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमणमा गएका बेला गरेका थिए।

चीनको सान्सी प्रान्तले युवा वैज्ञानिकका रूपमा झालाई सन् २०१५ मा ‘१०० ट्यालेन्ट’ को उपाधि प्रदान गरेको थियो। एमबीबीएसदेखि नै छात्रवृत्तिमा चीनमा अध्ययन गरेको झा हाल आमाशयमा हुने क्यान्सरको औषधि पत्ता लगाउने अनुसन्धान गरिरहेका छन्।

चीनको सियान मेडिकल विश्वविद्यालयमा प्राध्यापनरत झा सान्सी प्रान्तका नेपालका लागि ‘नागरिक दूत’ पनि हुन। उनी सन् २०१८ मा सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा विशिष्ट विशिष्ट व्यक्तित्वलाई प्रदान गरिने ‘सियान फ्रेण्डसिप अवार्ड’ बाट समेत पुरस्कृत भएका छन्।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ९ : ५७ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर