दशैँमा मालवाहक गाडी राति चलाउने सहमति | Khabarhub Khabarhub

दशैँमा मालवाहक गाडी राति चलाउने सहमति


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेँसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो ।

सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडक खण्ड १२ किलोमिटरलाई ग्यास बुलेट, लामा भारी सामान बोकेका गाडी र टिप्परलाई राति नौ बजेपछि मात्र खानीखोलाबाट काठमाडौं जान दिने योजना बनाइएको छ ।

सडकमा एक हजारभन्दा बढी टिप्पर सञ्चालन हुँदै आएका छन् । जाम कम गराउन खानीखोलाबाट दिउँसोको समयमा टिप्परको प्रवेशमा रोक लगाइने भएको छ ।

बाटो साँघुरो भएकाले नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । ट्राफिक प्रहरी परिचालन गरी सडक खुला गरिने प्रजिअ तामाङले बताए । उक्त क्षेत्रमा गत वर्ष मर्मत गरिएको सडक पूरै भत्किएको छ ।

साँघुरो सडकलाई तत्काल चौडा बनाउन नसकिए पनि जाममुक्त बनाउन सकिने धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य बताए । कार्यक्रममा देवीदत्त गणका प्रमुख सेनानी सुदीप बानियाँ, प्रहरी उपरीक्षक राजकुमार बैदवार, प्रहरी उपरीक्षक प्रकाश रानाभाट, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक मकुन्द मरहठ्ठालगायत उपस्थित थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १० : ०७ बजे

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको पहिलो

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लिग-२ को अभ्यास: गुल्सन र आरिफको शानदार ब्याटिङमा नेपाल विजयी

काठमाडौं – आईसीसी विश्वकप लिग–२ को अभ्यासका लागि युके पुगेको

रुस र युक्रेन वार्ता सकारात्मक : एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति

टर्की – लगातार तीन वर्ष भन्दा बढी समय युद्ध लडेका

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमय