पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज « Khabarhub

पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपतिनाथ मन्दिरको गेट अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

पशुपतिनाथ मन्दिरको दुई नम्बर गेट प्रवेशद्वार नजिक बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।

शंकास्पद वस्तु देखिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएर डिस्पोजका लागि नेपाली सेनालाई खबर गरेको थियो ।

गौशाला वृत्तका अनुसार केही समय अघि सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको छ । उक्त वस्तुमा तार बेरिएको अवस्थामा रहेको थियो । उक्त शंकास्पद बस्तु बम भएको वा नभएको बारे प्रहरीले  केही बताएको छैन ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान गरेपनि आसपास अन्य कुनै शंकास्पद वस्तु भने फेला परेन ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : १३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००