पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज « Khabarhub

पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपतिनाथ मन्दिरको गेट अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

पशुपतिनाथ मन्दिरको दुई नम्बर गेट प्रवेशद्वार नजिक बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।

शंकास्पद वस्तु देखिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएर डिस्पोजका लागि नेपाली सेनालाई खबर गरेको थियो ।

गौशाला वृत्तका अनुसार केही समय अघि सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको छ । उक्त वस्तुमा तार बेरिएको अवस्थामा रहेको थियो । उक्त शंकास्पद बस्तु बम भएको वा नभएको बारे प्रहरीले  केही बताएको छैन ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान गरेपनि आसपास अन्य कुनै शंकास्पद वस्तु भने फेला परेन ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : १३ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान